Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

ओली र रमेश लेखकलाई पक्राउ गर्न दबाबपछि मध्यरातमा चारै सुरक्षा निकायका प्रमुखसहितको आकस्मिक बैठक

आयोग सक्रिय हुँदा हतारो उपयुक्त नभएको सुझाव, प्रधानमन्त्रीको चासो- कानुनी आधार के हो ?

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमनप्रति सार्वजनिक आक्रोश चुलिँदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कानुनी प्रक्रिया अन्तर्गत पक्राउ गर्न दबाब बढेको छ। 

यही विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति अबेरसम्म चारै सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा आपतकालीन बैठक बसेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलाई बोलाएर परिस्थितिबारे गम्भीर छलफल गरेकी हुन्।

बालुवाटार स्रोतका अनुसार, बैठकमा ओली र लेखकलाई पक्राउ गर्दा कानुनी आधार के हुने भन्नेबारे गहिरो छलफल भएको थियो। 

सामाजिक सञ्जालमा उनीहरूलाई पक्राउ गर्न माग गर्दै व्यापक अभियान सुरु भएको र जेन–जीले समेत सरकारलाई अल्टिमेटम दिएको पृष्ठभूमिमा यस्तो छलफल भएको हो। आन्दोलनमा ७५ जनाको मृत्यु भएपछि राज्यले त्यसको जिम्मेवारी लिनुपर्ने माग चुलिएको छ।

आयोग सक्रिय हुँदा हतारो उपयुक्त नभएको सुझाव

बैठकमा सहभागी केही जेन–जी अगुवाले भने पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगले अहिले आन्दोलनमा भएको बल प्रयोगको अनुसन्धान गरिरहेको अवस्थामा कसैलाई पक्राउ गर्नु आयोगको काममा हस्तक्षेप हुने त होइन भन्ने चिन्ता व्यक्त गरेका छन्।

एक अधिकारीका अनुसार, छानबिन नतिजा आउनुअघि पक्राउको कदम चाल्दा राजनीतिक तनाव थप चर्किन सक्ने सम्भावना रहेको छ। "अहिलेसम्म मौन रहेका राजनीतिक दलहरू पनि त्यसविरुद्ध उत्रन सक्छन्, जसले फेरि हिंसा भड्किन सक्छ," एक सुरक्षा प्रमुखले बताएका छन्।

प्रधानमन्त्रीको चासो: कानुनी आधार के हो ?

प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले पनि सम्भावित पक्राउको कानुनी आधार के हुनसक्छ भन्नेबारे स्पष्ट जानकारी मागेका छन्। 

सरकारलाई अहिले एउटा ठोस निर्णय गरेर जनविश्वास जित्नुपर्ने आवश्यकता महसुस भइरहेको भए पनि कुनै कदम चाल्नुअघि कानुनी प्रक्रिया सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड थियो।

यसअघि गृहमन्त्री अर्यालले प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। त्यसपछि सबैजना बालुवाटार बैठकमा सहभागी भएका थिए।

जेन–जीभित्रै मतभेद

दुई दिनभित्रै सत्ता परिवर्तन गराउने गतिशील आन्दोलनपछि जेन–जी नेतृत्वभित्र आगामी रणनीति र मागहरूबारे मतभेद देखिन थालेको छ। तत्कालीन सरकार प्रमुख, गृहमन्त्री, गृहसचिव र सुरक्षाकर्मीहरूमाथि तुरुन्त कारबाही गर्नुपर्ने अडान राख्ने पक्ष र हतार नगरी प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्ने भन्ने पक्षबीच मतविभाजन छ।

साथै, आन्दोलनपछि भएका नियुक्तिहरूको खारेजी, नयाँ नियुक्ति, भ्रष्टाचार छानबिन र संवैधानिक प्रतिनिधित्वका विषयमा पनि नेताहरूबीच सहमति जुट्न नसकेको जनाइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending