Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दसैँको दक्षिणालाई सिर्जनात्मक काममा सदुपयोग गर्दै टीकापुरका बालबालिका

फाइल फोटो
खबरडबली संवाददाता

कैलाली । कैलालीका अविन शर्माले यस वर्ष दसैँमा मान्यजनबाट टीका लगाएर दक्षिणा दुई हजार ५० प्राप्त गरे । कक्षा ७ मा अध्ययनरत उनले सो रकमलाई अध्ययनका लागि आवश्यक कापी, कलम, चित्र बनाउन आवश्यक ‘कलर’ र रङ्गीन पेरपर किन्ने तयारीमा रहेको जानकारी दिए । 

‘‘विगतमा दसैँको दक्षिणा मनपरेको खानेकुरा खाने, बचेको रकम खुत्रुकेमा राख्ने गर्दथेँ’’, उनले भने, ‘‘यस वर्ष पढाइका लागि आवश्यक सामान किन्छु । अनावश्यक खर्च नगर्ने योजना बनाएको छु ।’’

किशोरी नेहा उपाध्याय पनि दसैँको दक्षिणा आफूलाई आवश्यक भएको सामान किन्नमा खर्च गर्ने बताउछिन्। कक्षा ११ मा अध्ययनरत उनलाई रकम बचतको महत्वबारे राम्रो ज्ञान छ । ‘‘यो बेला म मात्र होइन मेरो भाइबहिनीको हातमा पनि पैँसा छ, कक्षाकोठामा शिक्षकले दक्षिणा बचतबारे सिकाउनु भएको थियो’’, उनले भनिन्, ‘‘मैले घर गएर भाइबहिनीलाई बचत गर्नुपर्छ भनी सिकाएकी छु । यसपटक मसँग पढाइका लागि अत्यावश्यक सामान किन्ने तयारी छ ।’

दसैँका समयमा अधिकांश बालबालिकाको हातमा सुकिला नोट हुन्छन् । मान्यजनबाट दक्षिणामा पाएको रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गरेको देखिन्छ । कक्षा ५ मा अध्ययनरत स्मीता धामीले पनि यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजना बनाएकी छिन् । चार महिनादेखि चित्रकला तथा नृत्य सिकिरहेकी उनलाई आवश्यक सामग्री किन्नुपर्छ भन्ने लागेको छ । ‘चित्रकलामा रुची छ, केही समयदेखि सिकिरहेकी छु’’, उनले भनिन्, ‘‘बुवाआमालाई आर्थिक भार पार्नुभन्दा यसपटक आफ्नै रकमले किन्छु ।’’

दसैँमा प्राप्त गरेको दक्षिणा अनावश्यक खर्च गर्ने, वनभोज तथा घुमघाममा खर्च गर्ने चलन छ । यसरी अनावश्यक काममा तथा घुमघाममा खर्च गर्नुभन्दा आवश्यक सामान खरिदमा खर्च गर्दा रकमको सही सदुपयोग हुन्छ । 

अर्का विद्यार्थी राकेश विकले भने यस वर्ष दसैँको दक्षिणा आमालाई थन्क्याउन दिएका छन् । ‘‘तिहार आउँदैछ, तिहारमा बहिनीहरुलाई दक्षिणा दिन काम लाग्छ, आफ्नै रकमले दक्षिणा दिनुपर्ला’’, उनले भने, ‘‘विगतमा दक्षिणा दिन आमासँग मागेर दिन्थे, यसपटक आफ्नै रकम आमालाई राखिदिनुस् भनेको छु । त्यही रकम सदुपयोग गर्नेछु ।’’

हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुन्छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । 

यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताए। ‘‘एक महिना बिदा सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ’’, उनले भने, ‘‘विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ ।’’

उनी लामो बिदालाई खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending