Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

दसैँको दक्षिणालाई सिर्जनात्मक काममा सदुपयोग गर्दै टीकापुरका बालबालिका

फाइल फोटो
खबरडबली संवाददाता

कैलाली । कैलालीका अविन शर्माले यस वर्ष दसैँमा मान्यजनबाट टीका लगाएर दक्षिणा दुई हजार ५० प्राप्त गरे । कक्षा ७ मा अध्ययनरत उनले सो रकमलाई अध्ययनका लागि आवश्यक कापी, कलम, चित्र बनाउन आवश्यक ‘कलर’ र रङ्गीन पेरपर किन्ने तयारीमा रहेको जानकारी दिए । 

‘‘विगतमा दसैँको दक्षिणा मनपरेको खानेकुरा खाने, बचेको रकम खुत्रुकेमा राख्ने गर्दथेँ’’, उनले भने, ‘‘यस वर्ष पढाइका लागि आवश्यक सामान किन्छु । अनावश्यक खर्च नगर्ने योजना बनाएको छु ।’’

किशोरी नेहा उपाध्याय पनि दसैँको दक्षिणा आफूलाई आवश्यक भएको सामान किन्नमा खर्च गर्ने बताउछिन्। कक्षा ११ मा अध्ययनरत उनलाई रकम बचतको महत्वबारे राम्रो ज्ञान छ । ‘‘यो बेला म मात्र होइन मेरो भाइबहिनीको हातमा पनि पैँसा छ, कक्षाकोठामा शिक्षकले दक्षिणा बचतबारे सिकाउनु भएको थियो’’, उनले भनिन्, ‘‘मैले घर गएर भाइबहिनीलाई बचत गर्नुपर्छ भनी सिकाएकी छु । यसपटक मसँग पढाइका लागि अत्यावश्यक सामान किन्ने तयारी छ ।’

दसैँका समयमा अधिकांश बालबालिकाको हातमा सुकिला नोट हुन्छन् । मान्यजनबाट दक्षिणामा पाएको रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गरेको देखिन्छ । कक्षा ५ मा अध्ययनरत स्मीता धामीले पनि यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजना बनाएकी छिन् । चार महिनादेखि चित्रकला तथा नृत्य सिकिरहेकी उनलाई आवश्यक सामग्री किन्नुपर्छ भन्ने लागेको छ । ‘चित्रकलामा रुची छ, केही समयदेखि सिकिरहेकी छु’’, उनले भनिन्, ‘‘बुवाआमालाई आर्थिक भार पार्नुभन्दा यसपटक आफ्नै रकमले किन्छु ।’’

दसैँमा प्राप्त गरेको दक्षिणा अनावश्यक खर्च गर्ने, वनभोज तथा घुमघाममा खर्च गर्ने चलन छ । यसरी अनावश्यक काममा तथा घुमघाममा खर्च गर्नुभन्दा आवश्यक सामान खरिदमा खर्च गर्दा रकमको सही सदुपयोग हुन्छ । 

अर्का विद्यार्थी राकेश विकले भने यस वर्ष दसैँको दक्षिणा आमालाई थन्क्याउन दिएका छन् । ‘‘तिहार आउँदैछ, तिहारमा बहिनीहरुलाई दक्षिणा दिन काम लाग्छ, आफ्नै रकमले दक्षिणा दिनुपर्ला’’, उनले भने, ‘‘विगतमा दक्षिणा दिन आमासँग मागेर दिन्थे, यसपटक आफ्नै रकम आमालाई राखिदिनुस् भनेको छु । त्यही रकम सदुपयोग गर्नेछु ।’’

हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुन्छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । 

यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताए। ‘‘एक महिना बिदा सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ’’, उनले भने, ‘‘विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ ।’’

उनी लामो बिदालाई खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending