Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

चर्चामा सुदन गुरुङ, तर को हुन् आधिकारिक जेनजी ?

तस्विरःAI
खबरडबली संवाददाता

काठमाडौँ । अन्तरिम सरकार गठनको प्रक्रियामा जेनजी समूहको सहभागिताबारे अन्योल बढ्दै गएको छ। जेनजीका अगुवामाझैँ मतभिन्नता बढेपछि समूहको प्रतिनिधित्व कसले गर्ने भन्ने प्रश्न अझ गहिरिएको हो।

जेनजीका एक पक्षका नेताहरू आन्दोलनको सार्थकताका लागि सरकारमा जेनजीको प्रतिनिधित्व हुनुपर्ने बताउँछन् भने अर्को पक्षले अहिले सरकारमा सहभागिता आवश्यक नभएको तर्क गर्दै आएका छन्।

आधिकारिक जेनजी को ?

अभियन्ता अभिनव बास्तोलाका अनुसार अहिले जेनजीभित्र करिब ३० भन्दा बढी ठूला समूह बनेका छन् ।  उनका शब्दमा — “अहिले नै आधिकारिक को हो भन्ने अवस्था छैन। म आफैँ सातवटा ग्रुपमा बसेको छु,” उनले भने।

जेनजी आन्दोलनपछि बनेका समूहमध्ये पाँच प्रमुख ध्रुव हाल चर्चामा छन् — ‘हामी नेपाल’का संयोजक सुदन गुरुङको समूह, रक्षा बम–प्रदीप ज्ञवाली–धिरज जोशीको समूह, आन्दोलनका सुरुवाती आह्वानकर्ता मिराज ढुंगानाको समूह, भाइरल प्रवेश दाहालको समूह, र आकृति घिमिरे–मोनिका चौधरी नेतृत्वको ‘जेन–जी मुभमेन्ट अलायन्स’।

अन्तरिम सरकारमा सहभागी हुन सक्रिय समूहमध्ये एक हुन् रक्षा बम।  पूर्व विवेकशील निकट बम अहिले आफूलाई “विद्रोही” भनेर चिनाउँछिन्। उनी उज्ज्वल थापा फाउन्डेसनमा कार्यक्रम संयोजक रहिसकेकी थिइन् र विभिन्न अधिकार आन्दोलनमा नेतृत्व गरेकी थिइन्।

उनकै समूहमा प्रदिप ज्ञवाली, धिरज जोशी र इन्जिनियर युजन राजभण्डारी पनि छन्।
जोशी हाल गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयमा कार्यरत छन् भने बमकै टोलीले अन्तरिम सरकारमा प्रतिनिधित्व गर्न चाहेको बुझिएको छ।

सुदन गुरुङ र ‘हामी नेपाल’

अहिलेको चर्चाको केन्द्रमा छन् — सुदन गुरुङ। २०७२ सालको भूकम्पदेखि राहत तथा उद्धार अभियानमा सक्रिय गुरुङ जेनजी आन्दोलनपछि “हामी नेपाल” नामक समूहको नेतृत्व गर्दै आएका छन्। उनकै समूह अन्तरिम सरकारसँग निकट रहेको बताइन्छ।  ‘हामी नेपाल’ समूहमा अनिल बानियाँ, ओजस्वी थापा, भावना राउत र प्रकाश खड्का जस्ता युवा अभियन्ता छन्।

ओजस्वी थापा कलाकार समुदायसँग जोडिएका छन् भने भावना राउत विवेकशील पृष्ठभूमिबाट आएका हुन्। खड्का अन्तर्राष्ट्रिय कराँते खेलाडी र नमुना युवा सांसदको रूपमा पनि परिचित छन्।

यो समूहमा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ निकट आकृति घिमिरे, ओजस्वी भट्टराई, मोनिका खनाल, मोनिका चौधरी र अनुषा खनाल छन्। अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईसहित आयुक्तहरूको राजीनामा माग गर्दै आन्दोलनको चेतावनी दिएको छ।

विराटनगरका कानुन विद्यार्थी प्रवेश दाहाल आन्दोलनमा दिएको प्रभावशाली भाषणपछि भाइरल बनेका हुन्।  उनीसँगै युवा समूहको अर्को धारा सक्रिय छ, जसले आन्दोलनलाई “नयाँ पुस्ताको आवाज” को रूपमा अघि बढाउने बताएको छ।

जेनजी आन्दोलनले युवापुस्ताको राजनीतिक चेतना जगाएको मानिन्छ। तर, अहिले को हुन् आधिकारिक जेनजी प्रतिनिधि भन्ने प्रश्न अझै खुला छ। सुदन गुरुङदेखि रक्षा बम र प्रवेश दाहालसम्म — सबैले आफ्नो धारणा स्थापित गर्न खोजिरहेका छन्। अन्तरिम सरकारमा कसले अन्ततः जेनजीको प्रतिनिधित्व गर्छ, त्यो समयले नै बताउनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending