काठमाडौं । असोज १७ देखि सुरु भएको अविरल वर्षाले देशभर ठूलो मानवीय क्षति पुर्याएको छ। पछिल्ला दुई दिनभित्र ४८ जनाले ज्यान गुमाएका छन् भने २८ जना घाइते भएका र ६ जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य जिल्लाहरूमा रौतहटमा ३, उदयपुरमा २, पाँचथरमा १, कञ्चनपुरमा १, खोटाङमा १, मोरङमा १, सुनसरीमा १ र उदयपुरमा १ जनाको मृत्यु भएको छ।
स्याङ्जामा ४ जना र इलाममा १ जनालाई बाढीले बगाएको छ, जबकि इलामकै एक जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ।
यस्तै २८ जना घाइते भएका छन् । इलाममा मात्र १६ जना, पाँचथर र ललितपुरमा २–२ जना, भोजपुर र खोटाङमा ३–३ जना, उदयपुर र मकवानपुरमा २–२ जना, ताप्लेजुङ, धनकुटा र बारामा १–१ जना घाइते भएका छन् ।
इलामको माइक्रोट्युड गाउँपालिकामा पहिरोमा फसेकी एक गर्भवतीसहित दुई जनाको सकुशल उद्धार गरिएको छ। त्यसैगरी विभिन्न जिल्लामा बाढी र डुबानमा परेका १६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
सरकारले देशभर उद्धार तथा राहतका लागि सुरक्षाकर्मीहरू परिचालन गरेको छ। जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित क्षेत्रमा सार्ने काम पनि जारी रहेको जनाइएको छ ।प्राधिकरणले अझै वर्षा नरोकेका कारण पश्चिम र पहाडी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: