सिन्धुली । बिपी राजमार्गको रोशीखोलामा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षापछि आएको बाढीले बगाएको छ। डाइभर्सन बगाएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार रोशी खोलाको बाढीले बिपी राजमार्गको डाइभर्सन सबै बगाएको हो। राजमार्गको बोक्सेकुना, घुमाउने, चौकीडाँडा, डालाबेँसी, पिप्ले, माम्ती, चरङ्गेफेदीमा अस्थायी रूपमा बनाइएको डाइर्भसन शनिबारदेखिको वर्षाले पुनः क्षति गराएसँगै राजमार्ग पूर्ण रूपले ठप्प भएको अध्यक्ष लामाले जानकारी दिए।
गत वर्ष यी सबै स्थानमा बाढीले पक्की राजमार्ग बगाएको थियो । क्षति भएको राजमार्ग सडक डिभिजनले करिब १० करोडको लगानीमा डाइभर्सन बनाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको थियो। यसको मर्मत गरेर राजमार्ग सञ्चालनमा ल्याउनका लागि करिब १० दिन लाग्ने गाउँपालिका अध्यक्ष लामाले बताए।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बिपी राजमार्गको करिब नौ किलोमिटर सडकमा पूर्ण रूपमा क्षति पुर्याएको छ। यसको वैकल्पिक मार्गको रूपमा सिन्धुलीको सित्खा हुँदै तेमाल–भकुण्डे सडकखण्ड हुँदै काठमाडौं प्रवेश गर्न सकिने भए पनि अहिले उक्त सडकखण्डमा पनि सडक अवरुद्ध भएको र दुई–चार दिनमा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताइएको छ।
यसैगरी, अरनिको राजमार्गअन्तर्गत चउन्नकिलो र खावा सडकखण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको थियो। अहिले पहिरो पन्छाएर राजमार्गमा यातायात नियमित गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।
काभ्रे र भक्तपुर जिल्लाको सीमा क्षेत्र रहेको साँगामा पनि पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको छ। उनले हाल बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको र अरनिको राजमार्गमा भने कुनै अवरुद्ध नरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: