काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाब यस वर्षकै उच्च स्तरमा पुगेको छ। कोशी ब्यारेजमा गरिएको पछिल्लो मापन अनुसार आइतबार बिहान ८ बजेको अवस्थासम्म प्रति सेकेन्ड ३ लाख ३५ हजार ३६० क्यूसेक पानी बगिरहेको छ।
नेपाल–भारत सिमानास्थित कोशी ब्यारेजमा अहिले ५० वटा ढोका खोलिएका छन्। पानीको सतह लगातार बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्रलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोशीमा पानीको बहाब बढेपनि हालसम्म नदी कटान वा ठूला क्षतिको समाचार भने आएको छैन। “अहिले नदीको बहाब तीव्र गतिमा बढिरहेको छ, तर कटानको जोखिम भने तत्काल देखिएको छैन,” प्रहरीका एक अधिकारीले जानकारी दिए।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनदेखि पूर्वी पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेकाले कोशीमा पानीको मात्रा असामान्य रूपमा बढेको हो।
ब्यारेज नजिकैका बस्ती — श्रीपुर, हरिपुर, लौकही, र कर्जन्हा — का बासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन अनुरोध गरिएको छ। प्रशासनका अनुसार यदि वर्षा यही दरमा जारी रहेमा ब्यारेजका सबै ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...
बैशाख ३० गते, २०८३ - १९:०३
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...
बैशाख ३० गते, २०८३ - १८:५७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...
बैशाख ३० गते, २०८३ - १८:४६
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...
बैशाख ३० गते, २०८३ - १८:४१
सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...
बैशाख ३० गते, २०८३ - १८:३४
काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...
बैशाख ३० गते, २०८३ - १८:२५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...
बैशाख ३० गते, २०८३ - १८:१९
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...
बैशाख २९ गते, २०८३ - १९:४६
जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...



प्रतिकृया लेख्नुहोस्: