Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

भारत–चीनबीच पाँच वर्षपछि पुनः सीधा हवाई सेवा

खबरडबली संवाददाता

काठमाडौं । भारत र चीनबीच पाँच वर्षपछि पुनः सीधा हवाई सेवा सञ्चालन हुने भएको छ। दुवै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो छलफलपछि अक्टोबर महिनाको अन्त्यदेखि सीधा उडान सुरु गर्ने सहमति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सीधा हवाई सेवा पुनः सुरु भएपछि व्यापार, पर्यटन तथा रणनीतिक व्यावसायिक साझेदारीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

कोभिड–१९ महामारीपछि कटौती गरिएका उडानहरू २०२० मा ग्वालवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपपछि थप रोकिएका थिए। त्यसै कारण हवाई उडान पुनः सुरु गर्ने प्रक्रिया ढिलो भएको हो।

यसअघि शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटमा उडान, सीमा व्यापार तथा भिसा प्रक्रियामा सहजता ल्याउनेबारे सहमति भएको थियो। त्यसपछि दुवै पक्षका प्राविधिक टोलीबीच निरन्तर वार्ता हुँदै आएको थियो।

नयाँ व्यवस्थाअनुसार तोकिएका विमान सेवाहरूले तोकिएका गन्तव्यमा सीधा उडान सञ्चालन गर्न पाउनेछन्। यो सुविधा यस वर्षको जाडो मौसमी तालिकादेखि लागू हुने जनाइएको छ।

यसैबीच, भारतको निजी विमान सेवा कम्पनी इन्डिगोले चीनतर्फको उडान पुनः सुरु गर्ने घोषणा गरेको छ। कम्पनीले २०२५ अक्टोबर २६ देखि कोलकाता–ग्वाङ्जाउबीच दैनिक सीधा उडान सञ्चालन गर्ने र नियामकीय स्वीकृतिपछि दिल्ली–ग्वाङ्जाउ मार्ग पनि थप्ने योजना बनाएको छ। यी उडानका लागि एयरबस ए–३२० एनईओ विमान प्रयोग गरिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद भंग गरेर संविधानलाई जबरजस्ती लिकबाहिर पुर्‍याइयो, विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...

चुप लागेर बस्ने अवस्था छैन, आगामी निर्वाचन हाम्रो पार्टीका लागि अग्निपरीक्षा हाेः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचन...

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी दर्ताको समय साँझ साढे ७ बजेसम्म, समय थप नहुने स्पष्ट

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय आज साँझ साढे ७ बजेसम्म कायम रहने भएको छ । विशेष महाधिवे...

शङ्कास्पद कारोबार प्रतिवेदन ३० प्रतिशतले बढ्यो, वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको ...

भ्रष्टाचारमुक्त समाजको परिकल्पना बनाएरै छाड्छु’ : प्रचण्ड

नेकपाका केन्द्रीय सदस्यले लिए सपथ

प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्चमा रिट, सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगनको माग

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ...

भारतमा ग्यास सिलिण्डर विष्फोट हुँदा ९ जना नेपालीकाे मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित नेताहरू नेकपा प्रवेश गर्दै

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...

चीनबाट तस्करी हुँदै आएको २ करोड २४ लाखको भेप बरामद, चालक पक्राउ

मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...

गृहमन्त्रालयद्वारा ४ जिल्लामा सीडीओ हेरफेर, ८ उपसचिवको सरुवा

काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending