बनेपा । बीपी राजमार्ग फेरि एकपटक असुरक्षाको चिन्तामा परेको छ। गत वर्षको असोज महिनामा आएको बाढी, पहिरो र लगातार वर्षाले यो राजमार्गलाई ठप्प बनाएको स्मृति अझै ताजा छ। अझै पनि कतिपय स्थानमा पुनर्निर्माणका काम अधुरै छन्। यही कारण यो वर्ष पनि असोजको मनसुन सक्रिय हुने खबरसँगै स्थानीय प्रशासन सतर्क भएको छ।
काभ्रेपलाञ्चोक जिल्लास्थित जिल्ला प्रशासन कार्यालयले असोज १६ गतेदेखि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको छ। साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधन चलाउन पाइने छैन। केवल एम्बुलेन्स र अत्यावश्यक सेवाका गाडी मात्र अपवाद हुनेछन्। प्रशासनले स्पष्ट पारेको छ—जनताको ज्यानभन्दा ठूलो केही छैन, त्यसैले असुविधा भए पनि जोखिम कम गर्नैपर्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक काभ्रेलगायत मध्यपहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना औंल्याएको थियो। विशेषगरी रोशी खोला र आसपासका खहरे खोला उफ्रन सक्ने खतरा उच्च छ। यही चेतावनीपछि जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समितिले जोखिम न्यूनीकरणका लागि यो कदम चालेको हो। अब रातिको समयमा यात्रा गर्न नपाउने मात्र होइन, दिनको समयमा पनि खतरा देखिए प्रहरी र ट्राफिकले सवारी रोक्न सक्नेछन्।
यसबीच यात्रु र स्थानीय बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरिएको छ। विज्ञप्तिमार्फत प्रशासनले आवश्यक नभई बाहिर ननिस्कन, विशेष गरी टाढाको यात्रा नगर्न र पहिरोको सम्भावना रहेका स्थान तथा नदी किनारका बस्तीमा अतिरिक्त सावधानी अपनाउन अनुरोध गरेको छ।
बीपी राजमार्ग केवल सडक मात्र होइन, पूर्व र मध्य नेपाल जोड्ने जीवनरेखा हो। यो अवरुद्ध हुँदा हजारौँ मानिसको आवागमन रोकिन्छ, व्यापार–व्यवसाय ठप्प हुन्छ, र अस्पताल पुग्नुपर्ने बिरामीको ज्यान नै जोखिममा पर्न सक्छ। त्यसैले यस राजमार्गमा हुने सानो अवरोधले पनि ठूलो असर पार्छ। गत वर्ष असोज ११ र १२ गतेको पानीले देखाएको दृष्य अझै पनि त्रासको रूपमा बाँकी छ—ध्वस्त सडक, बिग्रिएका पुल र बन्द भएको यातायात।
यसपटक त्यस्तो अवस्था नदोहो¥याउने लक्ष्यसहित प्रशासन मात्र होइन, सडक विभागका आयोजनाहरू पनि तयारी अवस्थामा राखिएका छन्। डोजर, लोडर, एस्काभेटरजस्ता मेसिनहरू तुरून्त परिचालन गर्न सक्ने गरी तयार राखिएका छन्। कुनै क्षति भए तत्कालै मर्मत सुरु गर्ने र सडक खुलाउने रणनीति बनाइएको छ।
यात्रुका लागि यो निर्णय असुविधाजनक लाग्न सक्छ। तर, जोखिमपूर्ण यात्राभन्दा केही दिन धैर्य धारण गर्नु उपयुक्त देखिन्छ। आखिर, वर्षा थामिएपछि फेरि राजमार्ग चलायमान हुनेछ, सवारी साधन दौडनेछन्, तर ज्यान गुमाएपछि भने फर्काउन सकिँदैन। त्यसैले यो रोकलाई ‘प्रतिबन्ध’ भन्दा पनि ‘सुरक्षाका लागि ब्रेक’ को रूपमा लिनु बुद्धिमानी हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: