वीरगन्ज । वीरगन्जको आदर्शनगरको दसैँ मेला यसपालि खासै रमाइलोको स्मरणमा मात्र सीमित भएको छ। झिलिमिली बत्ती, मिठाइको गन्ध, बालबालिकाको चटपटे रमाइलोमाझ अचानक मृत्युको खबर फैलिँदा मेला नै चिसो भयो।
भर्खरै बुबा बनेका शिवम साह कानु मेलामा घुम्न निस्केका थिए, तर उनी फर्किएर घर आउन सकेनन्। राति साढे ११ बजे आसपासमा मेलामा भेटिएका केही युवासँग विवाद भयो र त्यसपछि भाटो प्रहार गरियो। अस्पताल पु¥याउँदा उनको ज्यान गएर परिवार अधुरो सपना र आँसुसँग बाँकी रह्यो।
प्रहरी अनुसन्धानले देखायो, यो सामान्य विवाद मात्र थिएन। केही युवाले आफूलाई टोले गुण्डा भनेर चिनाउन खोज्दै ह्वाट्सएपमा नै ‘दरिन्दे खुङ्खार समूह’ नामक ग्रुप बनाएका थिए। उनीहरूको ‘इगो’ र प्रभुत्व जमाउने मानसिकताले कानुको जीवनको अन्त्य गरिदियो। चाडपर्वमा आफ्नो अस्तित्व देखाउन भन्दै हिंसामा उत्रिएका ती युवाले अब भने प्रहरी हिरासतको अँध्यारो कक्ष भेटेका छन्।
घटना सार्वजनिक भएपछि शहरमा आक्रोश बढ्यो। चाडको बेला भएको यो अपराधले प्रहरीलाई पनि चुनौती दियो। त्यसैले ‘अप्रेसन च्यालेन्ज’ नाम दिइएको विशेष रणनीतिमा ३२ जना प्रहरी खटिए, दर्जनौँ शंकास्पद नियन्त्रणमा लिए, मोबाइल र सिसिटिभी विश्लेषण गरे। दुई दिनमै घटनामा संलग्न पाँच अभियुक्त पक्राउ परे। मुख्य अभियुक्त गौतम पटेल नै उक्त ह्वाट्सएप समूहको निर्माता भएको पुष्टि भयो।
प्रहरीका अनुसार यो हत्या योजनाबद्ध भन्दा बढी व्यक्तिगत रिसइबीको परिणाम हो। आफूलाई शक्तिशाली देखाउन चाहने मानसिकता र समाजमा प्रभुत्व जमाउने लहडले एक निर्दोषको ज्यान लियो। कानुका परिवारका लागि यो क्षति शब्दमा भन्नै नसकिने पीडा हो। भर्खरै जन्मिएको नानीले बाबुलाई कहिल्यै देख्न पाउने छैन, श्रीमती अधुरो जीवनसँग जुध्न बाध्य हुनेछिन्।
यो घटना केवल एक परिवारको शोक मात्र होइन, समाजकै लागि चेतावनी हो। युवामाझ बढ्दै गएको ग्याङ संस्कृतिले, मोबाइल र सामाजिक सञ्जालमा हिंस्रक ग्रुप बनाएर ‘हिरोइज्म’ देखाउने प्रवृत्तिले भविष्यमा कति परिवारलाई यस्तै पीडामा पार्ने हो भन्ने प्रश्न खडा गरेको छ। मेला फेरि लाग्नेछ, बत्ती फेरि बल्नेछ, मानिस फेरि रमाउनेछन्, तर यो चाडपर्वको उज्यालोमा कानुको परिवारलाई भने मृत्युको अँध्यारो मात्र सम्झना हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: