फेरिने भयो निर्वाचन तालिका : संघपछि प्रदेश र स्थानीय तहको चुनाव
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने भएपछि नेपालमा अब निर्वाचन तालिका फेरिने भएको छ । यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकैसाथ भएको थियो । तर यसपटक प्रतिनिधि सभा विघटन भएर समयअगावै निर्वाचन हुने भएपछि प्रदेश र स्थानीय तहको चुनाव छुट्टाछुट्टै समयमा हुने अवस्था बनेको हो ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको निर्वाचन फागुन २१ मा सम्पन्न हुनेछ । तर प्रदेश र स्थानीय तहको निर्वाचन भने आफ्नो कार्यकाल पूरा भएपछि मात्रै हुनेछन् । यसअनुसार प्रदेश सभाको पछिल्लो निर्वाचन २०७९ मंसिर ४ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा भएपछि प्रदेश सभाको अर्को निर्वाचन २०८४ को मंसिर आसपासमा हुनेछ ।
त्यसैगरी स्थानीय तहको पछिल्लो निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भएको थियो । स्थानीय तहले पनि पाँच वर्षे कार्यकाल पूरा गर्ने भएकाले आगामी निर्वाचन २०८४ सालको वैशाख अन्तिम साता हुने आयोगको भनाइ छ ।
यसरी अबदेखि तीन तहको निर्वाचन एकैपटक नभई तीन चरणमा सम्पन्न हुने स्पष्ट भएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनबाट चुनिने नयाँ संसदले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउने जिम्मेवारी लिनेछ ।
विगतमा तीनै तहको निर्वाचन एकैपटक हुँदा संघीय सरकार पनि फेरिने अवस्थामा पुग्थ्यो । तर अब संघको निर्वाचन पहिले हुने भएकाले नयाँ सरकार बनेपछि बाँकी दुई तहको निर्वाचन गराउने जिम्मा लिनेछ । यसलाई निर्वाचन आयोगले संस्थागत स्थायित्वको दृष्टिले सकारात्मक मान्दै आएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि प्रतिनिधि सभा विघटन भएको हो । त्यसपछिको राजनीतिक सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचन मिति तोकेका हुन् ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, यसपटक तीनै तहको चुनाव छुट्टाछुट्टै हुने भएकाले निर्वाचन प्रक्रियामा समय, खर्च र व्यवस्थापन चुनौती थपिने देखिन्छ । तर अर्को दृष्टिले हेर्दा संघीय संसद निरन्तर रहने र सरकारको कार्यकाल स्थिर हुने भएकाले यो व्यवस्थाले राजनीतिक स्थायित्वलाई बल दिने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: