काठमाडौं । दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ, जहाँ बाबा विदेशमा रहेका कारण चाडपर्वमा परिवारसँग एकैठाउँ हुन पाउँदैनन्। गीतमा एक छोरीले आफ्ना बाबासँग चाडबाडमा सँगै हुन नसकेको पीडा व्यक्त गरेकी छिन्। अर्कातर्फ, बाबा पनि परदेशमा बस्दा परिवार र चाडपर्वको रमाइलो सम्झिँदै दुखी छन्।
यस गीतमा अमेरिका निवासी गायक विजय सङ्खरको स्वर, शब्द र संगीत रहेको छ। उनलाई स्वरमा साथ उनकी छोरी प्रिस्किला सङ्खरले दिएकी छिन्। दीपकराज विश्वकर्माले संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन्। साथै, उनको निर्देशनमा बनेको यस भिडियोमा स्वयम् दीपकराज विश्वकर्मा, अजिता विश्वकर्मा, आज्ञा बस्नेत र आदिम विश्वकर्माले अभिनय गरेका छन्। सुबिन गोदारले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन्।
भिडियो हेर्दा लाग्छ, यो गीत धेरै नेपालीको मन छुनेछ। छोरीले घरमा चाडपर्वको तयारी गर्दै बाबालाई सम्झेकी छिन् भने बाबाले विदेशमा एक्लोपन महसुस गर्दै परिवारसँग रमाउन नपाएको पीडा व्यक्त गरेका छन्। भिडियोको निर्देशन र पात्रहरूको अभिनयले वास्तविक जीवनको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
यो केवल गीत मात्र होइन, विदेशिएका बाबाआमा, छोराछोरी र सम्पूर्ण नेपाली परिवारहरूको साझा कथा हो। दसैं–तिहारको रमाइलोबीच सम्पूर्ण परिवार एकसाथ नहुने भावनालाई यस गीतले मार्मिक ढंगले उजागर गरेको छ। गीतको म्युजिक भिडियो “विजय सङ्खर अफिसिएल” युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: