काठमाडौं । दसैंको अवसरमा गाउँघर पुग्ने यात्रुको चाप बढेसँगै आन्तरिक हवाई टिकट पाउन कठिनाइ भैरहेको छ। अधिकांश गन्तव्यका टिकट एक महिनाअघि नै बुक भइसकेको हुन्छ। सहुलियतदरका टिकट त परैको कुरा, महँगो टिकट पनि सीमित मात्रामा मात्रै पाइन्छ।
काठमाडौँ–धनगढीको टिकट रु १७ हजारसम्म पुगेको छ भने काठमाडौँ–विराटनगरको टिकट रु ९ हजार ७०० सम्म छ। टिकट खोज्न धाएर पनि यात्रुले महँगो दरमा मात्र पाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार एयरलाइन्सले निर्धारित अधिकतम भाडा भन्दा बढी लिन नपाउने व्यवस्था छ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, हवाई भाडा जहाजको क्षमता, इन्धन, विमानस्थल शुल्क र करको आधारमा निर्धारण हुन्छ। दसैंमा सिट सीमित, उडान चाप बढी र इन्धन महँगो भएकाले भाडा बढेको हो।
बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले तोकिएको अधिकतम भाडा भन्दा बढी नलिएको दाबी गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, घटस्थापनादेखि विजयादशमीसम्म आन्तरिक उडानमा दैनिक १६० र अन्तर्राष्ट्रियमा १२० हाराहारी उडान भइरहेको छ।
क्यानले एयरलाइन्सलाई लगातार निर्देशन दिँदै आएको भए पनि यात्रुको उच्च चाप, सीमित सिट र इन्धन मूल्य महँगो भएकाले हवाई भाडा सस्तो बनाउने चुनौती छ। अधिकारीहरूले भने, “इन्धन र करमा सहुलियत, एकल भाडा प्रणाली लागू गरे मात्र भाडा कम गर्न सम्भव छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: