Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

चीनले थोरै कन्टेनर छाड्दा दसैंको सामान ल्याउन व्यापारीलाई समस्या

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । दसैं नजिकिँदै गर्दा उत्तरी नाका तातोपानीमा व्यापारीहरूले लक्षित सामान समयमा भित्र्याउन समस्या भोगिरहेका छन् ।

सडक केही दिनअघि मात्र खुल्दा चीनले कन्टेनर कम पठाउन थालेपछि व्यवसायीहरू तनावमा परेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार चीनको न्यालम, खासा र लिपिङ पारी झाङ्मु बजारमा झन्डै एक हजार कन्टेनर नेपाल भित्रिन सकेका छैनन् ।

बस्नेतले बताएअनुसार, यसअघि दैनिक १८–२५ कन्टेनर भित्रिन्थ्यो भने अहिले दसैंको मुखमा झन्डै ६–१० कन्टेनर मात्रै पठाइरहेको छ । “लामो समय सडक अवरुद्ध भएपछि समयमा सामान ल्याउन नसकेर व्यवसायी घाटामा पर्ने अवस्था छ,” उनले भने ।

व्यवसायीहरूका अनुसार चीनले पार्किङ र मालवाहक रुट प्रोटोकल जस्ता कारण देखाउँदै कन्टेनर कम पठाइरहेको छ । यसअघि कोदारी राजमार्गमा पहिरोले लामो समय अवरुद्ध भएको थियो भने भदौ ४–७ गते सडक चल्तीमा आएपनि फेरि केही दिनपछि बन्द भएको थियो ।

हाल चीनको ल्हासा, सिगात्से, न्यालममा पाँच सय कन्टेनर महँगो गोदाम पार्किङमा रोकिएका छन् भने केरुङमा चार सय कन्टेनर थन्किएका छन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका अनुसार, गत साउन १७ मा अधिकांश फलफूलका कन्टेनर भन्सार यार्ड प्रवेश गरेका थिए ।

व्यवसायी शारदाप्रसाद पराजुलीले बताएअनुसार, आफ्नो पाँच कन्टेनरमा फलफूल कुहिन पुगेको छ, जसमा आँप र ड्रागन फ्रुट परेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिमवत्खण्ड: पर्वत, नदी, सभ्यता र नेपालको पवित्र भू–भाग

काठमाडौं । ब्रह्मपुत्र र गंगानदीका बीच अवस्थित विशाल हिमवत्खण्ड केवल हिमालको भू–भाग मात्र होइन। यो भू–भाग हजारौं वर्ष पुरानो मानव सभ्यता, धार्मिक ज्ञा...

सनातनी संवैधानिक राजसंस्था स्थापना मागसहित बालुवाटार घेराउको आह्वान

 बारा । नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्...

कांग्रेस विवाद चर्कियो: वार्तामा यी विषय अझै पेचिलो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषयमा सहमति बनेको भए पनि केहि प्रमुख मुद्दा अझै विवादास्पद बनेको छ। आज भ...

नक्कली भुटानी शरणार्थी प्रकरण : ३४ पटक पेसी, अन्तिम फैसला अनिश्चित

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको आरोपमा ३१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम फैसला ...

नेपाली कांग्रेसमा एकताको जोड: विभाजन रोक्न छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई विग्रहमा जानबाट रोक्न र एकताबद्ध भएर निर्वाचनमा सहभागी हुनका लागि निरन्तर छलफल र संवाद भइरहेको ...

चार वर्षपछि टुंगियो भूपेन्द्र बडुवाल हत्याकाण्ड: ६ जनालाई आजीवन कारावास, ७ जनालाई जन्मकैद

कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर ...

समानुपातिक बन्दसूचीबाट १७ दलका १७५ उम्मेदवारले फिर्ता लिए नाम, लोसपाका सबैभन्दा धेरै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ ...

तीन वर्षमै झापा–२ मा पाँच अर्बको बजेट, विकासलाई संस्थागत गरें : सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर व...

माघी पर्वको अवसरमा सुदूरपश्चिममा बुधबार सार्वजनिक बिदा, थारु समुदायको ‘जिता पर्व’लाई औपचारिक मान्यता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...

संसद भंग गरेर संविधानलाई जबरजस्ती लिकबाहिर पुर्‍याइयो, विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending