काठमाडौं । नेपालमा पछिल्लो सात दशकमा सडक निर्माणमा उल्लेख्य वृद्धि भएको छ । सडक विभागका तथ्यांकअनुसार राणा शासनको अन्त्यसम्म देशभर ३७६ किलोमिटर सडक मात्र थियो, जसमा ५ किलोमिटर कालोपत्रे, ८३ किलोमिटर ग्राभेल र बाँकी माटे सडक थियो । अहिले १६औँ आवधिक योजनाअनुसार मुलुकभर सडकको लम्बाइ १ लाख किलोमिटर नाघिसकेको छ ।
तर सडकको विस्तारले अपेक्षित सहजता भने दिन सकेको छैन । यात्रु अझै सास्ती भोगिरहेका छन् । हालसालै मुग्लिन–नारायणगढ सडक खण्डमा लगातार पहिरो खस्दा यात्रु अलपत्र परेका छन् । दशैंको भीडमा यात्रुहरू दिनदिनै लामो जाममा अल्झिन बाध्य भएका छन् ।
पूर्वाधारविद् आशिष गजुरेलका अनुसार ‘स्तरीय सडकभन्दा धेरै सडक’ निर्माणको नारा प्रजातन्त्र पुनर्स्थापनापछि झन् प्रबल भएको र यसले यातायात प्रणालीलाई अव्यवस्थित बनाएको छ । उनका अनुसार भूगर्भीय अध्ययन नगरी सडक खन्ने, चौडा गर्ने र पिच गर्ने प्रवृत्तिले जोखिम झनै बढाएको छ ।
नेपालमा स्तरीय सडक निर्माणमा सबैभन्दा बढी लगानी विपी राजमार्गमा भएको छ, जहाँ रिटेन्सन वाल र स्लोप प्रोटेक्सन जस्ता संरचना बनाइएका छन् । तर यात्रु र मालवाहक दुवैका लागि महत्त्वपूर्ण नारायणगढ–मुग्लिन–काठमाडौं खण्डमा भने यस्तो लगानी न्यून रहँदा निरन्तर सास्ती बढेको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: