काठमाडौँ । बडादसैंको महाअष्टमीको दिन राजधानी काठमाडौं उपत्यका असाध्यै सुनसान देखिएको छ । दसैं मनाउन अधिकांश नागरिक स्थायी ठेगाना फर्किएपछि उपत्यकाका सडक, चोक र बजारमा सामान्यतया चलायमान देखिने चहलपहल हराएको हो ।
फूलपाती अघिसम्म व्यस्त देखिएका बसपार्क, चोक, गल्ली र मुख्य बजार अहिले शान्त बनेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस वर्ष फूलपातीकै दिन सबैभन्दा धेरै यात्रु उपत्यका बाहिरिएका थिए । सो दिन मात्र करिब डेढ लाख यात्रु विभिन्न गन्तव्यतर्फ गएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।
महाअष्टमीसँगै राजधानीमा सवारीसाधनको आवागमन पनि न्यून भएको छ । सार्वजनिक गाडीहरू विरलै देखिने र निजी सवारी पनि थोरै मात्र चलिरहेका छन् । चाडपर्वको रौनक घरपरिवारमा केन्द्रित भएपछि काठमाडौं उपत्यकाका व्यस्त सडक र बजार फरक परिवेशमा देखिएका हुन् ।
यद्यपि टिकाको दिनदेखि राजधानीमा पुनः चहलपहल बढ्ने प्रचलन रहेको छ । दशैं सकिएपछि मात्रै उपत्यकामा यात्रु, विद्यार्थी तथा रोजगारीका सिलसिलामा आएका मानिसहरू क्रमशः फर्किने भएकाले अहिलेको सुनसान माहोल फेरि पुरानै भीडभाडमा बदलिने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: