पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सुरक्षाकर्मी अस्वीकार गर्दै सार्वजनिक सवारीमार्फत साधारण यात्राजस्तै पोखरा–चितवन यात्रा गरेका छन् । मन्त्री बनेपछि पहिलोपटक पोखरा पुगेका पुनले विमानस्थलमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक छैन भन्दै फर्काइदिए र सामान्य ट्याक्सीमार्फत पोखरा–३, नदीपुरस्थित आफ्नै डेरामा पुगे ।
पुन करिब २५ वर्षदेखि पोखरामै डेरामा परिवारसहित बस्दै आएका छन् । उनी सधैंझैं साधारण पोशाकमा विमानस्थलबाट निस्किए, अरु मन्त्रीहरूको आगमनजस्तो स्वागतसमारोह नभई सामान्य यात्रु सरह सार्वजनिक ट्याक्सी चढेको दृश्यले धेरैको ध्यान खिच्यो ।
दशैं मनाउन पुन मंगलबार पोखराबाट पर्यटक बसमार्फत चितवन प्रस्थान गरेका छन् । उनका भाइबहिनी र आफन्तहरू चितवनमा रहेका कारण उनले यसपालि पनि दशैं उतै मनाउने बताए । “घरको ठूलो म हुँ, भाइबहिनीलाई टीका लगाइदिनुपर्छ,” पुनले भने ।
विश्वप्रसिद्ध म्यागेसेसे पुरस्कार विजेता पुन लामो समयदेखि विज्ञान, प्रविधि र अनुसन्धानमा सक्रिय छन् । साधारण जीवनशैली, इमानदार छवि र जनसाधारणसँगको आत्मीयताका कारण उनी सामान्य नागरिक सरह देखिने मन्त्रीका रूपमा चर्चामा छन् । सुरक्षाविना सार्वजनिक बस चढेर यात्रामा निस्किएका मन्त्री पुनलाई स्थानीयहरूले ‘साच्चै नमूना मन्त्री’ भन्दै प्रशंसा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: