Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ आएका च्याङ्ग्रा व्यापारीको निरस कथा

खबरडबली संवाददाता

बागलुङ । अघिअघि एक सय संख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गरेका लोकबहादुर रोकाया सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिए । डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट ३ सय च्याङ्ग्रा लिएर आएका थिए । 

दुई सय च्याङ्ग्रा बडिगाड आउँदासम्म बिक्री भइसकेका थिए भने बाँकी १ सय रुपैयाँ सस्तो मूल्यमा दिने ‘मुड’मा रोकाया थिए । मंगलबारसम्म सबै च्याङ्ग्रा बिक्री गरेर घर फर्किने योजनामा उनी थिए । तर बिक्री नहुँदा उनी निराश देखिन्थे । रोकायाले दसैँमा च्याङ्ग्रा बेच्न थालेको अहिले मात्रै होइन । उनी १५ वर्षदेखि यही पेसा गर्दै आएका छन् । तर बागलुङमा भने उनको पहिलो यात्रा हो । 

डोल्पाबाट जाजरकोट झरेर रुकुम हुँदै बागलुङ आएका रोकाया पहिले दाङतिर जाने गरेको बताए । यसपालि पोहोरको भन्दा ५० बढी च्याङ्ग्रा बजारमा झारेको रोकायाको भनाइ छ । 

बिक्री भएका सबै च्याङ्ग्राले राम्रो मूल्य पाएको सुनाउँदै अब कम मूल्यमै भए पनि दिएर गाउँ फर्किने उनी बताउँछन् । बजार झर्न केही ढिला हुँदा घर फर्कन हतार भइसकेको रोकायाले सुनाए । 

‘दसैँको बेला सहर बजारमा बस्ने मान्छेहरूले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरूलाई मासु खुवाउन पाउँदा हामीलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको बिक्री भएपछि बालबच्चालाई एकजोर जुत्ता, कपडा आउँछ, छोराछोरी पठाउनु पर्‍यो, अरू के गर्ने ?,’ उनले भने, ‘डोल्पाबाट यहाँ आउन सजिलो छैन, तर पनि के गर्ने गाउँमै यति धेरै च्याङ्ग्रा बिक्री हुँदैनन्, सजिलै पैसा त कहाँबाट आउँथ्यो र ?’

उनका साथमा अर्का एक जना तिलमबहादुर खत्री पनि थिए । दुई जनाले साझेदारीमा डेढ/डेढ सय च्याङ्ग्रा लिएर आएका हुन् । दसैँको समयमा च्याङ्ग्रा बेचेर कमाएको पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको खत्रीले बताए । 

डोल्पादेखि बागलुङसम्म आउँदा कैयौँ चुनौती झेल्नु परेको उनले सुनाए । अहिले मध्यपहाडी लोकमार्गले बागलुङसम्मको यात्रालाई सहज बनाइदिएको हुँदा पहिलो पटक यहाँ आएको उनको भनाइ छ ।

यसवर्ष च्याङ्ग्राको अधिकतम मूल्य ३० देखि ४५ हजार रुपैयाँ रहेको खत्रीले बताए । आफूहरूले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई ४० हजार रुपैयाँमा दिने गरेको उनी बताउँछन् । यो मूल्य अघिल्लो वर्षको भन्दा चार हजारले कम भएको खत्रीले बताए । 

उनी भन्छन्, ‘‘च्याङ्ग्रा उत्पादन गर्न गाह्रो छ, बिक्री गर्न पनि उस्तै गाह्रो, बागलुङसम्म ल्याउँदा हाम्रो नै कति खर्च भएको हुन्छ, पोहोरसालको दसैँमा ४५/५० हजार रुपैयाँ भन्थे, अहिले ३०/४० हजार रुपैयाँमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरूले उच्च ठाउँमै पुगेर ल्याउने गरेका छौँ, ग्राहकजति खुसी हुनुहुन्छ, हामीहरूलाई त्यति नै सन्तुष्टि मिल्छ, बाँकी रहेका च्याङ्ग्रा फर्काउने कुरा भएन, सस्तोमै दिएर फर्किनुपर्ने भयो ।’

दसैँको समयमा म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । गोठमा सस्तोमा खरिद गर्ने व्यापारीले काठमाडौं, पोखरासहित देशका ठूलो सहरमा पुर्‍याएर हजारौँ नाफा कमाउने गर्दछन् । मुस्ताङसहित डोल्पा, मुगु, हुम्लालागायत ठाउँबाट दसैँका बेला बागलुङमा भेडाच्याङ्ग्रा लिएर सयौँ व्यापारीहरू आउने गर्छन् । बागलुङसम्म आएका व्यापारी देशका ठूला सहरमा पनि पुग्ने गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

ट्रम्प–मोदी टेलिफोन संवाद : पश्चिम एसियामा तनाव घटाउनेमा जोड

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन संवाद भएको जानकारी दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्...

दमकमा बर्डफ्लु पुष्टि, २५ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु

काठमाडौँ। झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रालिमा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झा...

दक्षिण एसियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

काठमाडाैँ । इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित भएपछि एसियाली देशहरूले अस्थायी रूपमा कोइलामा निर्भरता बढाएका छन् । यस क्षेत्रले आयातित ...

लहानकाे मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

सिरहा । नेपाल खुला दिसामुक्त घोषणा भएको साढे ६ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीमा स्वच्छताको अवस्था अझै दयनीय छ । हावाहुरी, घाम...

त्रिवि परिसरका कागमा बर्डफ्लु पुष्टि, कीर्तिपुर नगरपालिकाद्वारा ७ बुँदे आपतकालीन सूचना जारी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परिसरअन्तर्गत कीर्तिपुरको जंगल क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाले सात...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: