Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

चाडपर्वको चटारो : महिलामा कामको दोहोरो दबाब

खबरडबली संवाददाता

टीकापुर । दशैं–तिहार जस्ता चाडपर्व आउँदा देशविदेशमा रहेका परिवारका सदस्य घर फर्कने परम्परा छ । यस समयमा परिवार एकत्रित भई उत्सव मनाइन्छ, तर महिलाका लागि भने यो समय थप घरायसी बोझ बोक्नुपर्ने कालखण्ड बन्ने गरेको छ ।

भजनी नगरपालिकाकी साधना साउदका लागि यसपटकको दशैं विशेष थियो । दुई वर्षपछि विदेशमा रहेका श्रीमान् घर फर्किएका छन् । आफन्त र पाहुनाले घर भरिएको छ । तर उनी भने बिहान सबेरैदेखि राति अबेरसम्म निरन्तर घरायसी काममै व्यस्त छिन् । “श्रीमान्सँग घुम्ने योजना थियो, तर बिहान ४ बजेदेखि राति ११ बजेसम्म कामै सकिँदैन । रमाउने सबै छन्, काम मेरो जिम्मामा मात्र छ,” साधनाले भनिन् ।

यस्तै अनुभव टीकापुरकी द्रोपती तिमिल्सिनाले पनि गरिन् । उनी भन्छिन्, “दशैं, तिहार बिदामा पुरुषहरू फुर्सदिला देखिन्छन्, तर महिला भने भान्सादेखि पाहुनाको स्वागतसम्म निरन्तर व्यस्त हुन्छन् । महिलाले पनि नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने वा आफ्नै लागि समय छुट्याउने अवसर पाउनुपर्छ ।”

कामकाजी महिलालाई झनै दोहोरो जिम्मेवारी थपिने कुरा जानकी कुँवरको अनुभवमा पनि स्पष्ट हुन्छ । “घरायसी काम र अफिस दुवै व्यवस्थापन गर्नुपर्ने हुँदा चाडपर्वमा महिलालाई अझै धेरै दबाब हुन्छ । यस्तो बेला परिवारका सबै सदस्यले सहयोगी बन्नु जरुरी छ,” उनले भनिन् ।

अधिकारकर्मीहरूले यो अवस्था समाजमा गहिरो रूपमा जरा गाडेको पितृसत्तात्मक सोचाइको परिणाम भएको औंल्याएका छन् । महिला अधिकारकर्मी कौशल्या खनाल भन्छिन्, “सानैदेखि छोराछोरीलाई बराबरी कामको संस्कार नदिँदा अहिले महिलाले बोझ भोग्नुपरेको हो । अब आमा–बुबा दुवैले छोराछोरीलाई समान रूपमा घरायसी काम सिकाउनुपर्छ ।”

अर्की अधिकारकर्मी चन्द्रावती शर्माले चाडपर्वका नाममा पुरुषहरू जुवा–तास, मदिरा जस्ता गतिविधिमा लाग्दा पारिवारिक तनाव र हिंसा बढ्ने चेतावनी दिइन् ।

स्वास्थ्यकर्मी हेमा ज्ञवालीले चाडपर्वको समयमा महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्ने बताइन् । “चाडपर्व सबैका लागि हो । सबै मिलेर काम बाँडफाँड गर्नुपर्छ । महिलाले पनि तनाव नलिई ध्यान, योगजस्ता अभ्यासमा समय दिनुपर्छ । त्यसो गरेमा परिवार र समाज दुवै खुसी हुन्छन्,” उनले भनिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending