टीकापुर । दशैं–तिहार जस्ता चाडपर्व आउँदा देशविदेशमा रहेका परिवारका सदस्य घर फर्कने परम्परा छ । यस समयमा परिवार एकत्रित भई उत्सव मनाइन्छ, तर महिलाका लागि भने यो समय थप घरायसी बोझ बोक्नुपर्ने कालखण्ड बन्ने गरेको छ ।
भजनी नगरपालिकाकी साधना साउदका लागि यसपटकको दशैं विशेष थियो । दुई वर्षपछि विदेशमा रहेका श्रीमान् घर फर्किएका छन् । आफन्त र पाहुनाले घर भरिएको छ । तर उनी भने बिहान सबेरैदेखि राति अबेरसम्म निरन्तर घरायसी काममै व्यस्त छिन् । “श्रीमान्सँग घुम्ने योजना थियो, तर बिहान ४ बजेदेखि राति ११ बजेसम्म कामै सकिँदैन । रमाउने सबै छन्, काम मेरो जिम्मामा मात्र छ,” साधनाले भनिन् ।
यस्तै अनुभव टीकापुरकी द्रोपती तिमिल्सिनाले पनि गरिन् । उनी भन्छिन्, “दशैं, तिहार बिदामा पुरुषहरू फुर्सदिला देखिन्छन्, तर महिला भने भान्सादेखि पाहुनाको स्वागतसम्म निरन्तर व्यस्त हुन्छन् । महिलाले पनि नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने वा आफ्नै लागि समय छुट्याउने अवसर पाउनुपर्छ ।”
कामकाजी महिलालाई झनै दोहोरो जिम्मेवारी थपिने कुरा जानकी कुँवरको अनुभवमा पनि स्पष्ट हुन्छ । “घरायसी काम र अफिस दुवै व्यवस्थापन गर्नुपर्ने हुँदा चाडपर्वमा महिलालाई अझै धेरै दबाब हुन्छ । यस्तो बेला परिवारका सबै सदस्यले सहयोगी बन्नु जरुरी छ,” उनले भनिन् ।
अधिकारकर्मीहरूले यो अवस्था समाजमा गहिरो रूपमा जरा गाडेको पितृसत्तात्मक सोचाइको परिणाम भएको औंल्याएका छन् । महिला अधिकारकर्मी कौशल्या खनाल भन्छिन्, “सानैदेखि छोराछोरीलाई बराबरी कामको संस्कार नदिँदा अहिले महिलाले बोझ भोग्नुपरेको हो । अब आमा–बुबा दुवैले छोराछोरीलाई समान रूपमा घरायसी काम सिकाउनुपर्छ ।”
अर्की अधिकारकर्मी चन्द्रावती शर्माले चाडपर्वका नाममा पुरुषहरू जुवा–तास, मदिरा जस्ता गतिविधिमा लाग्दा पारिवारिक तनाव र हिंसा बढ्ने चेतावनी दिइन् ।
स्वास्थ्यकर्मी हेमा ज्ञवालीले चाडपर्वको समयमा महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्ने बताइन् । “चाडपर्व सबैका लागि हो । सबै मिलेर काम बाँडफाँड गर्नुपर्छ । महिलाले पनि तनाव नलिई ध्यान, योगजस्ता अभ्यासमा समय दिनुपर्छ । त्यसो गरेमा परिवार र समाज दुवै खुसी हुन्छन्,” उनले भनिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: