सङ्खुवासभा । उत्तर–दक्षिण कोसी सडकखण्ड अन्तर्गत खाँदबारी–किमाथाङ्का मार्ग भदौ १५ गते गएको भीषण पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३, अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि यातायात पूर्णरूपमा ठप्प भएको हो।
सडक अवरुद्ध भएपछि आसपासका गाउँबस्तीका स्थानीयको जनजीवन प्रभावित बनेको छ। निजी जग्गा, खेतबारी, बालीनाली र बोटबिरुवासमेत क्षतिग्रस्त भएको स्थानीयले बताएका छन्।
सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार पहिरो प्रभावित क्षेत्रमा माटो दलदले भएकाले भारी मेसिन प्रयोग गर्न कठिन छ। नदीको बहाव अझै घट्न नसकेकाले तत्काल मर्मत सम्भव नभएको उनको भनाइ छ। मौसम अनुकूल बनेलगत्तै मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
सडक खुल्न ढिलाइ हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति अवरुद्ध भएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका यात्रुहरूलाई ठूलो कठिनाइ भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताए।
पूर्वी नेपाललाई चीनसँग जोड्ने महत्वपूर्ण रणनीतिक मार्ग भएकाले सडक अवरोधका कारण स्थानीय मात्र नभई राष्ट्रियस्तरमै चुनौती थपिएको सरोकारवालाले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: