Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

बारामा सौर्य ऊर्जा परियोजनाले किसानलाई आम्दानी र रोजगारी

खबरडबली संवाददाता

बारा। जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा सौर्य ऊर्जा उत्पादनका लागि धमाधम संरचना निर्माण भइरहेको छ। अपि पावर कम्पनी लिमिटेडले ४८ करोड लागतमा आगामी तीन महिनाभित्र ८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम सुरु गरेको छ।

स्थानीय किसान जमिर देवान र जुमाई मियाँ अन्सारीले सो परियोजनाले आम्दानी र रोजगारी दुवै सुनिश्चित गरेको बताएका छन्। पहिले खेती नहुने खोला छेउको जग्गाबाट अब भाडामा वार्षिक १० हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी भएको उनीहरूले बताए। देवानले भने, “६ कट्ठा जग्गाबाट वर्षको ५० किलो धान पनि आउँदैनथ्यो, अब घरमै बसेर वर्षको ६० हजार आम्दानी हुन्छ।”

पूर्ववडाध्यक्ष अस्लम देवानका अनुसार परियोजना गाउँमा सुरक्षा र रोजगारीसँगै विद्युत् अभाव समाधानमा पनि सहयोग पुग्नेछ। “योजना आएपछि गाउँ सुरक्षित भएको छ र भोलि विद्युत् उत्पादन सुरु भएपछि लोडसेडिङ पनि कम हुनेछ,” उनले भने।

२०८१ फागुनदेखि सुरु भएको परियोजनाबाट उत्पादन हुने विद्युत् ७ रुपैयाँ ३० पैसामा नेपाल सरकारलाई बिक्री गरिनेछ। उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने जनाइएको छ। साइट इन्चार्ज दुर्गामणि त्रितालका अनुसार १ मेगावाट उत्पादन खर्च ६ करोड रुपैयाँ पर्छ र चीनबाट ल्याइएको अत्याधुनिक टिनासोलार प्यानल प्रयोग गरिएको छ।

अपि पावर कम्पनीले मधेस प्रदेशका आठ जिल्लामा सौर्य ऊर्जा उत्पादनका चारवटा परियोजना सञ्चालन गर्दै आएको छ। यी परियोजनाबाट ऊर्जा संकट कम गर्न सरकारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले पेश गरेको उम्मेदवारहरूको अन्तिम बन्दसूची सार...

‘डोजर’ बहस झापामाः बालेनले स्पष्टीकरण दिँदै भने: “काठमाडौं जस्तो यहाँ हुँदैन”

झापा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चलाएको विषयले राष्ट्रिय बहस चर्किरहेका बेला, रास्वपा वरिष्ठ नेता बालेन साहले झापा–५ मा पुगेर त्यसबारे कडा ...

हलेसी दर्शनपछि फर्कँदै गर्दा लाकुरीभञ्ज्याङमा सुमो पल्टिँदा तीन यात्रु घाइते

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिक तीर्थस्थल हलेसीको दर्शन सकेर फर्किँदै गरेका यात्रु बोकेको सुमो आज लाकुरीभञ्ज्याङमा दुर्घटनामा परेको छ। मध्यपहाडी लोक...

नयाँ संसद् भवन अगाडि जेन-जी शहीदहरूको सालिक राखिने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं । सरकारले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक बनाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सालिक बनाउने गरी सिं...

जाजरकोटको चुनावः ‘एकछत्र शक्ति’ विरुद्ध बनेको मौन गठजोड

जाजरकोट । जाजरकोटको चुनाव यसपटक उम्मेदवारहरूको मात्र प्रतिस्पर्धा होइन, ‘प्रभाव’ विरुद्ध ‘प्रतिक्रिया’ को भिडन्त जस्तो देखिएको छ। वर्षौँदेखि एउटै अनुह...

चुनावी भीडमा हराउँदै बौद्धिक आवाज, भाइरल चेहराको उभार

काठमाडौं । प्लेटोले राजनीति न्यायपूर्ण राज्य निर्माण गर्ने कला भनेका थिए। तर आजको चुनावी परिदृश्य हेर्दा राजनीति विचार, अध्ययन र शालीनताभन्दा बढी ‘दृश...

निर्वाचन तयारीमा अन्तर्राष्ट्रिय सहयोग: भारतबाट सवारी, जापानबाट रकम, यूएनडिपीबाट प्राविधिक साथ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत, जापान र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपी) ले नेपाललाई सहयोग गर्ने भएका...

सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिन मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौँ । सरकारले “सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक, २०८१” संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिएको छ। आज बसेको मन्त्रिपरिषद् ब...

उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण, समानुपातिक ‘बाँसुरी’, प्रत्यक्ष ‘चिम’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा ...

राष्ट्र बैंकको तथ्याङ्क: रेमिट्यान्स बढ्यो, मुद्रास्फीति घट्यो, विदेशी विनिमय सञ्चिति सुदृढ

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको आर्थिक र वित्तीय स्थिति सार्वजनिक गरेको छ। रेमिट्यान्स: चालू आवको पहिल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE