Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

चाडपर्व लक्षित ट्राफिक पदयात्रा कार्यक्रम सम्पन्न

खबरडबली संवाददाता

काठमाडौँ । चाडपर्वलाई लक्षित गरी ट्राफिक सुरक्षाबारे सचेतना जगाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलले संयुक्त रूपमा ट्राफिक पदयात्रा कार्यक्रम सम्पन्न गरेका छन्।

‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आज बिहान रानीपोखरीबाट सुरु भएको र्‍याली रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म पुगेको थियो। जनपद प्रहरी, ट्राफिक प्रहरी र महानगर प्रहरी बलका टोलीले सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए।

र्‍यालीपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रम भएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले “चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन ट्राफिक नियम पालना गरेर सभ्य समाज निर्माणमा सबैले प्रतिबद्ध रहनुपर्छ” भन्दै कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे।

विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले चाडपर्वमा मादक पदार्थ सेवन, तीव्र गतिमा सवारी सञ्चालन तथा लागूपदार्थको प्रयोग जस्ता गतिविधि समाजका लागि हानिकारक हुने बताए।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले धन्यवाद मन्तव्य दिएका थिए। एसएसपी अधिकारीले अभावबीच पनि ट्राफिक व्यवस्थापनमा खटिरहेको बताउँदै सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे।

उक्त कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी, सामुदायिक प्रहरी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending