काठमाडौँ । चाडपर्वलाई लक्षित गरी ट्राफिक सुरक्षाबारे सचेतना जगाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलले संयुक्त रूपमा ट्राफिक पदयात्रा कार्यक्रम सम्पन्न गरेका छन्।
‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आज बिहान रानीपोखरीबाट सुरु भएको र्याली रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म पुगेको थियो। जनपद प्रहरी, ट्राफिक प्रहरी र महानगर प्रहरी बलका टोलीले सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए।
र्यालीपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रम भएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले “चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन ट्राफिक नियम पालना गरेर सभ्य समाज निर्माणमा सबैले प्रतिबद्ध रहनुपर्छ” भन्दै कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे।
विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले चाडपर्वमा मादक पदार्थ सेवन, तीव्र गतिमा सवारी सञ्चालन तथा लागूपदार्थको प्रयोग जस्ता गतिविधि समाजका लागि हानिकारक हुने बताए।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले धन्यवाद मन्तव्य दिएका थिए। एसएसपी अधिकारीले अभावबीच पनि ट्राफिक व्यवस्थापनमा खटिरहेको बताउँदै सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे।
उक्त कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी, सामुदायिक प्रहरी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - २१:४१
काठमाडौं । ब्रह्मपुत्र र गंगानदीका बीच अवस्थित विशाल हिमवत्खण्ड केवल हिमालको भू–भाग मात्र होइन। यो भू–भाग हजारौं वर्ष पुरानो मानव सभ्यता, धार्मिक ज्ञा...
पौष २९ गते, २०८२ - २१:३०
बारा । नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्...
पौष २९ गते, २०८२ - २१:२७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषयमा सहमति बनेको भए पनि केहि प्रमुख मुद्दा अझै विवादास्पद बनेको छ। आज भ...
पौष २९ गते, २०८२ - २१:१६
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको आरोपमा ३१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम फैसला ...
पौष २९ गते, २०८२ - २०:४७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई विग्रहमा जानबाट रोक्न र एकताबद्ध भएर निर्वाचनमा सहभागी हुनका लागि निरन्तर छलफल र संवाद भइरहेको ...
पौष २९ गते, २०८२ - २०:४४
कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर ...
पौष २९ गते, २०८२ - २०:४०
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ ...
पौष २९ गते, २०८२ - २०:३६
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर व...
पौष २९ गते, २०८२ - २०:३१
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...




प्रतिकृया लेख्नुहोस्: