Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित

खबरडबली संवाददाता

 झापा । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् ।

आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरुलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले बताए । प्रहरीहरुलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापालगायतले स्वागत गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरुमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारहरुसमेत लुटिएको थियो । लुटिएका हतियारलगायत सामानहरु अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियारहरु सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

आगजनीपछि यहाँका सबै प्रहरी भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । दमक नगरपालिकाको विशेष पहलमा सात दिनअघि मात्र उक्त प्रहरी टोली दमक–८ को अग्र्यानिक सब्जी मन्डीको भवनमा अस्थायी रुपमा सरेका थिए । इलाका प्रहरीको पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरीको स्थानीय रोयल स्पोर्टिङ क्लब दमकले अगुवाइ गरेको थियो । ती दुवै कार्यालयको भवन पुनर्निर्माण गरी जति छिटो ती कार्यालय पुनःस्थापित गराउन विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोगस्वरुप प्राप्त भएको थियो । प्रहरी पुनःस्थापित भएपछि यहाँको शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न मद्दत पुग्ने दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुरागाईंले बताए ।

क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घले रु पाँच लाख, दमक नगर इसाई समाजले रु दुई लाख १६ हजार ६५५ सहयोग रकम उपलब्ध गराएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जिल्लामा विस्थापित प्रहरी कार्यालयहरु स्थानीयहरुको सहयोगमा धमाधम पुनःस्थापित हुँदै छन् । जिल्लामा ६९ वटा प्रहरी कार्यालयसहित युनिटमा तोडफोड तथा आगजनी गरिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

सुनकाे मूल्य २ लाख ८० हजार नजिक, चादीले पनि बनायाे नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...

पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु

 काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ ।  ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...

पाखनबेद: पत्थरी फोर्ने जडिबुटी, पहाडको मौन वैद्य

नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ ।  छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे ।  पाल्पाको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending