Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बिदाको दिन देउवा दम्पत्तीलाई बेडमै रातो पासपोर्ट

छानबिन सुरु, ‘काँग्रेसी कर्मचारी’लाई कारबाहीको माग

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणालाई संविधान दिवसकै दिन (असोज ३ गते) रातो पासपोर्ट (कूटनीतिक राहदानी) दिएको तथ्य सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पत्ती उपचाररत रहेका बेला नै सार्वजनिक बिदाको दिन पासपोर्ट बनाएर बेडमै पुर्याइएको रहस्य बाहिर आएको हो। राहदानी विभागका एक कर्मचारीले यसबारे पुष्टि गरेका छन्।

मोबाइल किट लिएर बेडमै पासपोर्ट

स्रोतका अनुसार, उपचाररत देउवा र राणाको विवरण अद्यावधिक गर्न विभागका कर्मचारी ‘मोबाइल किट’ लिएर पुगेका थिए। यही उपकरण प्रयोग गरेर तत्कालै पासपोर्ट बनाइएको थियो।
तर, को–को कर्मचारी अस्पताल पुगेका थिए, कसको आदेशमा यो प्रक्रिया अघि बढाइयो भन्नेबारे अझै स्पष्ट भएको छैन। ती कर्मचारीका अनुसार, पासपोर्ट दिने काममा संलग्न व्यक्ति देउवाको निकट मानिन्छन्।

परराष्ट्र र राहदानी विभाग मौन

यो घटनाबारे अहिलेसम्म परराष्ट्र मन्त्रालय र राहदानी विभागले कुनै औपचारिक अभिव्यक्ति दिएका छैनन्। तर संविधान दिवसकै दिन यस्तो सुविधा दिइनु नै नियमविपरीत र विशेष व्यवहार भएको भन्दै आलोचना बढेको छ।

छानबिन सुरु, कारबाहीको माग

घटना सार्वजनिक भएपछि अहिले छानबिन प्रक्रिया सुरु भएको छ। सार्वजनिक बिदाको दिन यस्तो संवेदनशील काम भएको र ‘काँग्रेसी कर्मचारी’को संलग्नता देखिएको भन्दै सो घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ।

यो प्रकरणले सरकारी निकायभित्रको राजनीतिक प्रभाव, विशेष व्यवहार र प्रक्रियागत पारदर्शिताबारे प्रश्न उठाएको छ। अब छानबिनले यो घटनाको वास्तविकता उजागर गर्नेछ वा फेरि अन्य धेरै विषयझैं ओझेलमा पर्नेछ भन्ने जिज्ञासा जनस्तरमा बढिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

विराटनगर महानगरद्वारा पिपीआर/स्वाइन फिभरविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...

वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे आठ अर्ब बढीको खाद्यवस्तु आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending