Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

डेनमार्कमा सैन्य पूर्वाधार नजिक फेरि रहस्यमय ड्रोन देखापरे, सुरक्षा सतर्कता कडा

खबरडबली संवाददाता

कोपनहेगन । डेनमार्कको रक्षा मन्त्रालयले शुक्रबारदेखि शनिबार रातिसम्म देशका विभिन्न रक्षा सुविधा वरपर नयाँ ड्रोन देखिएको पुष्टि गरेको छ । यसअघि पनि नर्डिक क्षेत्रका हवाई अड्डामा ड्रोन देखिएर अस्थायी रूपमा सञ्चालन बन्द गर्नु परेको थियो ।

मन्त्रालयले ठ्याक्कै कुन स्थानमा ड्रोन देखिएको भन्ने विवरण सार्वजनिक नगरे पनि डेनमार्कको सार्वजनिक प्रसारणकर्ता डिआरले सैन्य करुप एयर बेस वरिपरि र त्यसको बाडभित्र समेत करिब राति ८ बजे ड्रोन देखिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएको छ । केही समयका लागि हवाई क्षेत्र नागरिक उड्डयनका लागि बन्द गरिए पनि हाल करुपमा नागरिक उडान नहुँदा त्यसको प्रत्यक्ष प्रभाव खासै परेन ।

बुधबारदेखि बिहीबार रातिसम्म कोपनहेगनसहित चार वटा हवाई अड्डामा देखिएको यस्तै गतिविधिले उत्तरी युरोपमा सुरक्षा चिन्ता थप बढाएको छ । राजधानीमा सोमबार राति देखिएको ड्रोनले घण्टौँसम्म उडान अवरुद्ध गरेको थियो । “यी ड्रोन गतिविधिहरूको मुख्य उद्देश्य डर र विभाजन सिर्जना गर्नु हो”, न्यायमन्त्री पिटर हम्मेलगार्डले चेतावनी दिँदै भन्नुभयो, “डेनमार्कले यस्ता खतरा असरविहीन पार्ने थप उपाय खोज्ने छ ।” उहाँले आवश्यक परे पूर्वाधार सञ्चालकलाई सीधै ड्रोन खसाल्न अनुमति दिने कानून ल्याउने तयारीसमेत रहेको बताउनुभयो ।

युरोपेली सङ्घ (इयु) को आगामी शिखर सम्मेलनलाई दृष्टिगत गर्दै रक्षा मन्त्रालयले स्विडेनबाट डेनमार्कलाई सैन्य एन्टी–ड्रोन क्षमता उपलब्ध गराउने प्रस्ताव स्वीकार गरेको जनाएको छ । यता, छिमेकी जर्मनीको उत्तरी राज्य श्लेसविग-होल्स्टाइनमा पनि बिहीबारदेखि शुक्रबार रातिसम्म धेरै ड्रोन देखिएको रिपोर्ट गरिएको छ । राज्यकी गृहमन्त्री सबिन सुटरलिन–वाकले ‘हाल ड्रोन प्रतिरक्षा उपाय अन्य राज्यसँग मिलेर उल्लेखनीय रूपमा बढाइएको छ’ भन्दै थप विवरण भने नदिने बताउनुभयो ।

जर्मन चान्सलर फ्रेडरिक मेर्जले भन्नुभयो, ‘हामी युद्धमा छैनौँ, तर अब शान्तिमा पनि छैनौँ’ भन्दै युरोपका पूर्वाधार र डाटा नेटवर्कमाथि भइरहेको लगातार आक्रमणले ठूलो चुनौती उत्पन्न गरेको बताउनुभयो । उहाँले कुनै निश्चित देशलाई प्रत्यक्ष रूपमा दोष नदिए पनि ‘ड्रोन उडान, जासुसी, सार्वजनिक व्यक्तित्वमाथि खतरा, साइबरआक्रमण र तोडफोडजस्ता गतिविधि दैनिक आधारमा भइरहेको’ चेतावनी दिनुभयो ।

उहाँले उदाहरण स्वरूप सन् २०१९ मा बर्लिनको टियरगार्टन हत्या प्रकरणलाई स्मरण गर्नुभयो । उक्त प्रकरणमा रूससँग लडेका जर्जियाली नागरिक जेलिमखान खांगोसभिलीको हत्या भएको थियो । उक्त हत्यामा संलग्न भनी दोषी ठहरिएका भादिम क्रासिकोभलाई सन् २०२४ मा रूस-अमेरिका कैदी आदानप्रदानअन्तर्गत मस्को पठाइएको थियो । यी पछिल्ला घटनाले उत्तरी युरोपमा सुरक्षा संयन्त्रलाई सतर्क गराउनुका साथै सम्भावित बाह्य आक्रमण वा हाइब्रिड युद्धको आशङ्कामा क्षेत्रीय सहयोग अझै अपरिहार्य हुने सङ्केत दिएका छन् । रासस/एपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending