लमजुङ । लमजुङ र मनाङको सिमानामा पर्ने धार्मिक तथा पर्यटन स्थल दूधपोखरीमा पौडी खेल्ने क्रममा हराएका एक किशोरको शव डेढ महिनापछि फेला परेको छ।
साउन २४ गते जनैपूर्णिमाको दिन दूधपोखरीमा नुहाउन गएका लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङका १८ वर्षीय मनोज गुरुङ हराएका थिए। उनलाई खोज्ने प्रयास तत्कालै भए पनि सफल हुन सकेको थिएन।
शुक्रबार क्व्होलासोथार गाउँपालिकाको व्यवस्थापनमा पोखराबाट एयर डाइनेस्टीको हेलिकप्टरमार्फत गोताखोर र सशस्त्र प्रहरी टोली पोखरीमा पुगेको थियो। टोलीले पोखरीभित्र खोजी गरेर गुरुङको शव फेला पार्यो। शवलाई मृतकका दाइ रेकबहादुर गुरुङले सनाखत गरेका थिए। कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई नजिकै गाडिएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिए।
गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङका अनुसार शव उद्धार कठिन भएकाले शनिबार पुनः हेलिकप्टर पठाइएको थियो।
यसअघि जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले दिएको जानकारीअनुसार, हराएको दिनपछि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ९ सदस्यीय टोली खोजतलासका लागि गएको थियो। तर उनीहरूलाई शव भेटाउन नसकेपछि टोली फर्किएको थियो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अन्ततः गोताखोरसहितको विशेष टोली परिचालन भएपछि शव फेला पारिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: