ओखलढुंगा । कहिले डाक्टर, कहिले नर्स, अनि अहिले ल्याब असिस्टेन्टसमेत हटाइएपछि गाम्नाङटार स्वास्थ्य केन्द्र सुनसान बन्न थालेको छ । स्वास्थ्य सेवाको आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले स्थापन गरिएको यो केन्द्र राजनीतिक निर्णय र पालिकाको प्राथमिकतामा बारम्बार उपेक्षित भएको स्थानीयको गुनासो छ।
सुरुको आशा, पछिल्लो निराशा
अघिल्लो पालिका नेतृत्वले गाम्नाङटारमा रहेको तत्कालीन स्वास्थ्यचौकीलाई स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरेको थियो । यससँगै डाक्टर, स्टाफ नर्स र ल्याब असिस्टेन्टसहित नियमित सेवा सुरु भएको थियो । सामान्य रोग–निदानदेखि प्रसूति र ल्याब परीक्षणसम्म यहाँ हुने भएपछि स्थानीयलाई टाढा धाउनुपर्ने बाध्यता हटेको थियो।
तर पालिका नेतृत्व परिवर्तनसँगै सेवा कटौती सुरु भयो । पहिले डाक्टर हटाइयो । त्यसपछि स्टाफ नर्सलाई पनि सरुवा गरियो । हाल ल्याब असिस्टेन्टसहित ल्याब सुविधा नै बन्द भएपछि स्वास्थ्य केन्द्रमा आधारभूत सेवा पाउनै मुस्किल भएको लिखु गाउँपालिका वडा न ६ का स्थानीय थिरकुमार भट्टराईले बताए । उनले नियोजित रुपमा गाम्नाङलाइ पछिपार्ने काम भएकाे बताए ।
गाम्नाङटारका बासिन्दा भन्छन्– स्वास्थ्य केन्द्र यहाँ भन्दा वडा नम्बर ४ मा स्थानान्तरण गरिएको भए पनि स्थानीयलाई “झुक्याउन मात्र” गाम्नाङटारमा स्वास्थ्य केन्द्र राखिएको थियो । तर वास्तविकतामा यो केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्ने इच्छाशक्ति देखिएन।
स्थानीय भन्छन्, “डाक्टर हटाउँदा पनि हामीले सह्य गर्यौं, तर ल्याब नै बन्द भएपछि स्वास्थ्य केन्द्र भन्ने नाम मात्रै भएको छ। सामान्य परीक्षणका लागि पनि हामीलाई टाढासम्म जानुपर्ने बाध्यता छ।”
इलाका हुलाक पनि हटाइयो
गाम्नाङटारका जनताका लागि अर्को धक्का तब लाग्यो, जब इलाका हुलाक कार्यालय पनि हटाइयो। यससँगै स्वास्थ्यसँगै प्रशासनिक सेवा लिन पनि गाउँलेहरू अन्यत्र धाउनुपर्ने स्थिति आएको छ।
यो अवस्थाप्रति स्थानीय युवाको आक्रोश छ। उनीहरू भन्छन्, “सुविधा दिन नसके सबै कार्यालय, संस्था लैजानु नै राम्रो। जनतालाई धोका दिनुभन्दा सेवा कटौतीको कारण खुलेर भन्नुपर्छ।”
राजनीति र जनताको आवश्यकता
गाउँपालिकामा हुने नेतृत्व परिवर्तनसँगै प्राथमिकतामा पनि परिवर्तन आउने हुँदा यसले सेवामुखी संरचना प्रभावित हुने गरेको छ। गाम्नाङटार स्वास्थ्य केन्द्रको उदाहरण पनि त्यही हो। अघिल्लो नेतृत्वले जनतालाई नजिकै स्वास्थ्य सुविधा उपलब्ध गराउने सोच बनायो, तर पछिल्लो नेतृत्वले त्यसलाई निरन्तरता दिएन।
यस्तो अवस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच झनै कमजोर हुने खतरा हुन्छ । अझ रोगीलाई तत्काल उपचार चाहिने अवस्थामा स्वास्थ्य केन्द्र सुनसान हुनु ठूलो चुनौती हो।
गाम्नाङटारका स्थानीय भन्छन्, पालिका सरकार जनताप्रतिनिधि जिम्मेवार हुनुपर्छ। स्वास्थ्य सेवा कुनै “राजनीतिक लडाइँ” को माध्यम नभई जनताको आधारभूत अधिकार भएको उनीहरूको तर्क छ।
“स्वास्थ्य सेवा रोक्नु भनेको जनताको जीवनसँग खेलवाड गर्नु हो। यो प्रश्न जनताले भोलि चुनावमा पालिका नेतृत्वलाई सोध्नेछन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: