Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ, यात्रु सास्तीमा

खबरडबली संवाददाता

पाँचथर । तमोर कोरिडोर सडकखण्डमा पर्ने विभिन्न खोलामा पुल निर्माण ढिलाइ हुँदा यात्रुहरू सास्ती खेपिरहेका छन्। वर्षायाममा अकस्मात् बाढी आउँदा सवारीसाधन बीचमै रोकिने र यात्रुले धपेडी व्यहोर्नु पर्ने अवस्था बनेको छ।

एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र भएको छ। तर साँवा खोलाबाहेक अन्यत्र पुल बन्न सकेको छैन। हेंवा खोलामा डिजाइन बने पनि काम सुरू भएको छैन। बघुवा, खम्बुवा, रघुवा, छरुवा र नावा खोलामा आंशिक प्रगति भए पनि लखुवा र लोरिपा खोलामा काम थालिनसकेको छैन।

पुल निर्माण ढिलाइको मुख्य कारण बजेट अभाव रहेको पुल सेक्टर कार्यालय धरानले जनाएको छ। करिब चार करोड रुपैयाँ अझै निकासा हुन नसक्दा निर्माण कम्पनीहरूले काममा ढिलाइ गरेका छन्।

सडक बाह्रैमास सञ्चालनयोग्य भए पनि पुल नबन्दा यात्रुहरूलाई लगातार सास्ती भोग्नु परेको कार्यालयले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेची–काली चुनावी मैदान तात्दै: तीव्र राजनीतिक भिडन्त सुरु

पुराना नेता, नयाँ स्टार र परिवारिक प्रतिष्पर्धा

पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ

ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा ...

हराएको ५५ वर्षपछि धनबहादुर तुलाचनको परिवारसँग पुनर्मिलन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन ५५ वर्षपछि आफ्नै परिवारको हात समाउँदै घर फर्किएका छन्। २१ वर्षको उमेरमा लाहुरे ह...

काठमाडौंमा एलपी ग्यास अभाव: आपूर्ति पर्याप्त, कृत्रिम हल्ला र भ्रम मात्र

काठमाडौँ। काठमाडौं उपत्यकामा विगत केही दिनदेखि खाना पकाउने एलपी ग्यासको अभाव बढ्दा उपभोक्ताहरू खाली सिलिन्डर लिएर पसल–पसल भौँतारिन बाध्य भएका छन्। तर ...

सिन्धुपाल्चोकमा ‘विरासत बचाउने’ क्लिन स्विपको दाउमा नेकपा

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विरासत जोगाउने दाउ खेलेको छ । नेकप...

मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात, मुक्तिनाथ सेताम्मे

मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रमा आज चौथो पटक हिमपात भएको छ। मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेका अनुसार दिउँसोदेखि निरन्तर हिमपात भइरह...

संसद् पुनःस्थापनाको चर्चा ‘पराजित मानसिकता’ हाेः प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘फेक र रियल’ बीचको लडाइँको रूपमा चित्र...

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले पेश गरेको उम्मेदवारहरूको अन्तिम बन्दसूची सार...

‘डोजर’ बहस झापामाः बालेनले स्पष्टीकरण दिँदै भने: “काठमाडौं जस्तो यहाँ हुँदैन”

झापा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चलाएको विषयले राष्ट्रिय बहस चर्किरहेका बेला, रास्वपा वरिष्ठ नेता बालेन साहले झापा–५ मा पुगेर त्यसबारे कडा ...

हलेसी दर्शनपछि फर्कँदै गर्दा लाकुरीभञ्ज्याङमा सुमो पल्टिँदा तीन यात्रु घाइते

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिक तीर्थस्थल हलेसीको दर्शन सकेर फर्किँदै गरेका यात्रु बोकेको सुमो आज लाकुरीभञ्ज्याङमा दुर्घटनामा परेको छ। मध्यपहाडी लोक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE