Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

तेह्रथुममा सिस्नो प्रशोधन सुरु, सुपरमार्केटहरूको माग धान्नै मुस्किल

खबरडबली संवाददाता

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले सिस्नोको प्रशोधन सुरु गरेको छ। प्राकृतिक रुपमै उम्रिने सिस्नोबाट रुपैयाँ साट्ने उद्देश्यले चैते सामुदायिक वन उपभोक्ता समितिले सिस्नोको परीक्षण प्रशोधन सुरु गरेको हो।

डिभिजन वन कार्यालय तेह्रथुममार्फत अनुदानमा प्राप्त १० लाख मूल्य बराबरका एक थान हरियो सिस्नोलाई सुकाउने डायर मेसिन, एक थान सुकाइएको सिस्नोलाई पिसेर पडाउर बनाउने मेसिन र एक थान प्याकेजिङ मेसिनमार्फत परीक्षण प्रशोधन सुरु गरिएको चैते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए।

लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार वसन्तपुर नजिकैको डाँडाखर्कबाट प्रशोधन सुरु गरिएको हो। उद्योग दर्ता प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको समितिले प्रारम्भमा दैनिक दश केजीसम्म पाउडर उत्पादन गर्ने लक्ष्य राखेको छ।

विभिन्न जिल्लाबाट सुपरमार्केटहरूले बिक्री–वितरणका लागि समितिलाई सम्पर्क गरिरहेका छन्। त्यसैले त्यतिले मात्र माग धान्न गाह्रो हुने हुँदा दैनिक ५० केजीसम्म पाउडर उत्पादन गर्नसक्ने क्षमताको मेसिनको समेत समितिले स्रोत खोजी गरिरहेको जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख समेत रहनुभएका, सिस्नो प्रशोधन अभियन्ता श्रीप्रसाद कार्कीले बताए।

अहिले हरियो सिस्नो प्रतिकेजी ८० मा खरिद गरेर प्रशोधन गरिँदै आएको छ। प्रशोधन गरेर एक केजी पाउडर तयार गर्न नौ केजी हरियो सिस्नो आवश्यक पर्ने र त्यसको मूल्य करिब ३५ सयसम्म पर्न आउने प्रशोधनमा खटिँदै आउनुभएका चैते सामुदायिक वन उपभोक्ता समितिका सहसचिव दीपेन्द्र बस्नेतले बताए।

विसं २०५२ मा स्थापना भएको चैते सामुदायिक वन उपभोक्ता समितिमा ३६० घरधुरी उपभोक्ता आबद्ध छन्। ३५४ दशमलव चार हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमध्ये एक हेक्टर क्षेत्रफलमा सिस्नु रोपण समेत गरिएको छ। समितिका पदाधिकारी, सदस्य र उपभोक्ताहरूको श्रमदानबाट पात्ले, अल्लो र घरायसी जातका सिस्नो रोपण गरिएको हो।

प्रशोधनका लागि हरियो सिस्नोको अभाव हुन नदिन साथै गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको वसन्तपुर बजार आउने सिस्नोका सौखिन पर्यटकलाई घारीमै सिस्नो देखाउन, स्वयम् उनीहरूलाई टिपाउन र पकाएर खुवाउने समेत लक्ष्य रहेको उपभोक्ता समितिका सदस्य तथा सिस्नो प्रशोधन कार्यक्रम उपसमितिका सदस्य वीरेन्द्र बस्नेतले बताए।

बहुगुण भएको सिस्नोलाई पहिले–पहिले गरीब दुःखीले खाने जङ्गली सागका रूपमा लिने गरिन्थ्यो। तर, विस्तारै सिस्नोको उपयोगिता, महत्त्व र यसले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे थाहा हुँदै गएपछि अहिले होमिस्टेदेखि तारे होटलसम्म सिस्नोको माग हुन थालेको छ। बाह्रै महिना पर्यटकीय चहलपहल भइरहने वसन्तपुर बजारका होटलहरूमा पनि सिस्नोको दाल खोज्ने पर्यटक प्रशस्तै आउछन्। बाह्रैमास नपाइने सिस्नोको प्रशोधन थालिएपछि अब जुनसुकै ‘सिजन’ मा पनि पर्यटकलाई सिस्नो खुवाउन सकिने आशा पलाएको वसन्तपुरस्थित दार्जिलिङ होटलका प्रोप्राइटर वीरेन्द्र बस्नेतको भनाइ छ।

प्रायः गरेर बस्तुभाउको चारोको रूपमा अधिक प्रयोग हुने सिस्नो स्थानीयस्तरमै प्रशोधन थालिँदा स्थानीय उत्साहित छन्। चैते सामुदायिक वनले सुरु गरेको सिस्नो प्रशोधन कार्यले व्यावसायिक चरणमा प्रवेश गरेसँगै सिस्नोबाट राम्रो आर्थिक उपार्जन गर्न सकिने स्थानीयको आशा छ।

विशेष गरेर सेपिलो र चिस्याइलो पहाडी पाखा–भित्ता, वनजङ्गल र खोला–खोल्साहरूमा प्रशस्तै पाइने सिस्नो बहूउपयोगि वनस्पती हो। सिस्नो पोसिलो सागपातअन्तर्गत पर्छ भने सिस्नोमा औषधीय गुण हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने जानकारहरू बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending