कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–८ फुकोटका देउराम लुवार र उनकी पत्नी होइजाली लुवार यतिबेला दसैं खर्चको जोहो गर्न गिटी कुटिरहेका छन्। गाउँ–गाउँमा दसैंको चहलपहल बढ्दो छ तर उनीहरू बिहानै ढुंगा जोहो गरेर दिउँसोभरि गिटी कुट्न बाध्य छन्।
देउराम भन्छन्, “दसैं आइसक्यो, घरमा खानेकुरा केही छैन। त्यसकै लागि गिटी कुट्दै छु।” पत्नी होइजाली भन्छिन्, “दसैंमा मिठो खाने, राम्रो लुगा लगाउने मन त सबैलाई हुन्छ, तर महँगी बढेकाले खर्च धान्नै गाह्रो छ। नयाँ लुगा किन्न त दसैं–तिहार नै कुर्नुपर्छ।”
रास्कोट नगरपालिकाले गाउँमा भौतिक पूर्वाधार निर्माण सुरु गरेपछि उनीहरूलाई काम मिलेको हो। तर गिटीको मूल्य न्यून भएकाले श्रमको उचित मूल्य नपाइने उनको गुनासो छ। अहिले प्रतिट्याक्टर ४–५ हजार र प्रतिबोरा एक सय रुपैयाँमा गिटी बिक्री हुने स्थानीयले बताएका छन्।
कालीकोटमा सडक विस्तारसँगै महिलाहरू गिटी कुट्ने पेसामा जोडिन थालेका छन्। तर गाउँमै काम गर्ने वातावरण नमिलेका कारण अधिकांश युवा भारत र अन्य जिल्लातिर कमाउन जान बाध्य छन्। स्थानीय प्रकाश शाही भन्छन्, “घरको उत्पादनले वर्षभरि खान पुग्दैन। कामको अभावले युवाहरू विदेश जान बाध्य भएका हुन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - २१:४१
काठमाडौं । ब्रह्मपुत्र र गंगानदीका बीच अवस्थित विशाल हिमवत्खण्ड केवल हिमालको भू–भाग मात्र होइन। यो भू–भाग हजारौं वर्ष पुरानो मानव सभ्यता, धार्मिक ज्ञा...
पौष २९ गते, २०८२ - २१:३०
बारा । नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्...
पौष २९ गते, २०८२ - २१:२७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषयमा सहमति बनेको भए पनि केहि प्रमुख मुद्दा अझै विवादास्पद बनेको छ। आज भ...
पौष २९ गते, २०८२ - २१:१६
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको आरोपमा ३१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम फैसला ...
पौष २९ गते, २०८२ - २०:४७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई विग्रहमा जानबाट रोक्न र एकताबद्ध भएर निर्वाचनमा सहभागी हुनका लागि निरन्तर छलफल र संवाद भइरहेको ...
पौष २९ गते, २०८२ - २०:४४
कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर ...
पौष २९ गते, २०८२ - २०:४०
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ ...
पौष २९ गते, २०८२ - २०:३६
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर व...
पौष २९ गते, २०८२ - २०:३१
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...




प्रतिकृया लेख्नुहोस्: