Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उत्तर कोरियासँग दुई टनसम्म हतियार–ग्रेड युरेनियम भएको सियोलको दाबी

खबरडबली संवाददाता

सियोल । उत्तर कोरियासँग करिब दुई टनसम्म अत्यधिक समृद्ध युरेनियम भएको विश्वास गरिएको दक्षिण कोरियाका एकीकरण मन्त्रीले बिहीबार बताएका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले पहिले नै उत्तर कोरियासँग ‘महत्त्वपूर्ण’ मात्रामा हतियार–ग्रेड युरेनियम रहेको बताउँदै आएको छ । तर दुर्लभ सार्वजनिक पुष्टिमा मन्त्री चुङ डोङ–युङले भने, “फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस) लगायतका विशेषज्ञहरूको अनुमानअनुसार उत्तर कोरियासँग हाल ९० प्रतिशत वा सोभन्दा बढी शुद्धतामा करिब दुई हजार किलोग्राम अत्यधिक समृद्ध युरेनियम छ ।”

उहाँका अनुसार हाल उत्तर कोरियाका युरेनियम सेन्ट्रिफ्युजहरू चार स्थानमा सञ्चालन भइरहेका छन् । “मात्र पाँचरछ किलोग्राम प्लुटोनियम नै एउटा आणविक बम बनाउन पर्याप्त हुन्छ”, चुङले चेतावनी दिँदै भने, “दुई हजार किलोग्राम युरेनियमबाट ठूलो सङ्ख्यामा आणविक हतियार उत्पादन गर्न सकिन्छ ।”

आणविक हतियारका लागि आवश्यक प्लुटोनियम वा युरेनियम रिएक्टरमार्फत तयार हुन्छ । समृद्ध युरेनियमलाई ९० प्रतिशतभन्दा बढी स्तरमा संवर्धन गर्नुपर्छ, जसलाई ‘हतियार–ग्रेड’ भनिन्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का अनुसार एउटा बम बनाउन ४२ किलोग्राम चाहिन्छ । त्यस आधारमा दुई हजार किलोग्राम युरेनियमले करिब ४७ बम उत्पादन गर्न सकिन्छ ।

चुङले भने, “उत्तर कोरियाको आणविक विकास रोक्नु जरुरी छ” । तर उनले प्रतिबन्ध प्रभावकारी नभएको उल्लेख गर्दै समाधान केवल प्योङयाङ–वासिङ्टन शिखर वार्तामा रहेको बताए ।

यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले यसै हप्ता अमेरिकी वार्तामा सहभागिता जनाउन तयार रहेको तर आफ्नो आणविक भण्डार कायम राख्नुपर्ने अडान लिएको आधिकारिक केसिएनएले जनाएको छ ।

उत्तर कोरियाले सन् २००६ मा पहिलो आणविक परीक्षण गरेको थियो र त्यसयता संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध झेल्दै आएको छ । गत वर्ष सेप्टेम्बरसम्म आफ्नो युरेनियम संवर्धन सुविधा खुलासा नगरेको उत्तर कोरियाले योङब्योन साइटलाई वार्तापछि बन्द गर्ने भने पनि सन् २०२१ मा पुनः सक्रिय गरेको बताइन्छ ।

चुङले अघिल्लो दक्षिण कोरियाली प्रशासनलाई ‘मुख्य शत्रु’ घोषणा र निशस्त्रीकरणमा मात्र जोड दिँदा प्योङयाङलाई आणविक क्षमतामा सीमा बिना विस्तार गर्न सहज बनाएको आरोप लगाए ।

यसै सन्दर्भमा, जुन महिनामा पदभार सम्हालेका राष्ट्रपति ली जे म्युङले युन सुक येओलको तुलनामा प्योङयाङसँग नरम नीति अपनाउने सङ्केत दिएका छन् ।

उनले संयुक्त राष्ट्र महासभामा उत्तर कोरियासँगको तनावपूर्ण ‘दुष्चक्र अन्त्य गर्ने’ प्रतिबद्धता जनाउँदै शासन परिवर्तनको माग नगर्ने वाचा पनि गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending