Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

सुपर टाइफुन रागासा : ताइवानमा १५, फिलिपिन्समा ९ जनाको मृत्यु, चीन र भियतनाममा व्यापक तयारी

खबरडबली संवाददाता

ताइपेई । प्रशान्त महासागरमा गत हप्ता बनेको सुपर टाइफुन रागासाले ताइवान, फिलिपिन्स, चीन र भियतनाममा व्यापक क्षति पुर्‍याएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार ताइवानमा भारी वर्षा र बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु र ४६ जना घाइते भएका छन् । ह्वालिएन काउन्टीमा ३१ जना बेपत्ता रहेको रिपोर्ट गरिएको छ ।

रागासा सोमबार सुपर टाइफुनको रूपमा दुई ६० किलोमिटर प्रतिघण्टाको हावासहित फिलिपिन्समा अवतरण भएको थियो । यहाँ कम्तीमा नौ जनाको मृत्यु भएको छ भने एक माछा मार्ने जहाज पल्टिँदा १३ जना कर्मचारी जोखिममा परेका थिए ।

बुधबार रागासालाई सुपरबाट गम्भीर टाइफुनमा डाउनग्रेड गरिएको थियो र अहिले दक्षिणी चीनको तटतर्फ अघि बढ्दै भियतनामतर्फ प्रवेश गरेको छ । चीनको गुआङ्गडोङ प्रान्तमा २१ लाख ६० हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । रागासाको हावा यहाँ एक सय ६५ माइल प्रतिघण्टाको तीव्रतामा रहेको रिपोर्ट गरिएको छ ।

ताइवानमा गुआङ्फु टाउनसिपको अवरोध ताल फुट्दा तीन सय जना स्थानीय फसेका थिए र दुई बिरामीको बाढीका कारण मृत्यु भएको थियो । हङकङमा पनि केही अवरोध देखिएको थियो, तर विमानस्थल र सार्वजनिक यातायात क्रमशः सामान्य अवस्थामा फर्कंदैछन् ।

फिलिपिन्सले अर्को उष्णकटिबन्धीय आँधी बुलोई (ओपोङ) का लागि तयारी गरिरहेको छ । देशले २५ लाख पारिवारिक फुड प्याक र अन्य आवश्यक सामग्री रणनीतिक रूपमा वितरण गर्न थालेको छ ।

मौसम विभागका अनुसार बुलोई सेप्टेम्बर २६ मा लुजोनमा सिधै ठोक्किन सक्ने सम्भावना छ । भियतनाममा पनि रागासाको प्रभाव उच्च रहेको छ । आँधीको गति २० किमी प्रतिघण्टामा पश्चिमतर्फ सर्दैछ र अर्को २४ घण्टाभित्र उष्णकटिबन्धीय अवसादमा कमजोर हुने अनुमान गरिएको छ । उत्तरी तटीय क्षेत्रमा भारी वर्षा हुने अपेक्षा गरिएको छ ।

यस वर्षको रागासा चीन र ताइवान हुँदै गएको सबैभन्दा शक्तिशाली टाइफुन मानिएको छ । यसले व्यापक जनधन र पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरू सुरक्षित स्थानमा स्थानान्तरण र उद्धार कार्यमा जुटेका छन् ।रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending