कैलाली । नेकपा एमालेका युवाहरूले पार्टीभित्रको विकृति, विसंगति र गुटगत स्वार्थविरुद्ध आवाज उठाउँदै नयाँ अभियानको थालनी गरेका छन् । ‘पार्टी रिफर्म रिभोल्युसन’ नाम दिइएको यो अभियानलाई उनीहरूले सुधार र पुनर्गठनको सुरुवातका रूपमा प्रस्तुत गरेका छन् ।
अभियानमा संलग्न युवाहरूको भनाइमा, आत्मालोचनाबिना रुपान्तरण सम्भव छैन, त्यसैले गलत अभ्यासलाई अन्त्य गर्दै पार्टीलाई फेरि जनताको विश्वास जित्ने अवस्थामा पुर्याउनुपर्ने आवश्यकता छ ।
अनेरास्ववियु प्रदेश संयोजक रोहित बोगटीका अनुसार, पछिल्ला चुनावमा टिकट वितरणदेखि पदाधिकारी छनोटसम्म योग्य र इमानदार कार्यकर्ताभन्दा बढी पैसा र सम्बन्धलाई महत्व दिइनु ठूलो कमजोरी हो ।
“हामीले नेतृत्व वा पार्टीविरुद्ध होइन, तर गलत प्रवृत्ति र भ्रष्ट अभ्यास अन्त्य गर्न अभियान थालेका हौँ,” बोगटीले भने, “कैलालीबाट सुरु भए पनि छिट्टै यो अभियान सबै जिल्लामा फैलिन्छ।”
अभियानमा संलग्न युवाहरूले पार्टीभित्र भ्रष्टाचारको अभियोग लागेकाहरू, सामाजिक रूपमा अयोग्य ठहरिएकाहरू र नैतिक आचरणविपरीत काम गर्नेहरूलाई कारबाहीको माग गरेका छन् । लामो समयसम्म एउटै नेताले अवसर पाउनुहुँदैन, नयाँ पुस्तालाई पनि अवसर दिनुपर्छ भन्ने उनीहरूको अडान छ ।
त्यस्तै, निर्वाचन खर्च बढ्दै जाँदा इमानदार कार्यकर्ताले प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था बनेको भन्दै खर्चिलो चुनाव प्रणाली अन्त्य गर्न पनि उनीहरूले जोड दिएका छन् ।
अभियानले पार्टीभित्र व्यावहारिक र जनमुखी कार्यशैली विकास गर्नुपर्नेमा जोड दिएको छ । नेताहरूका लागि विमानस्थलदेखि कार्यक्रमस्थलसम्म हुने “जयजयकार संस्कृति” अन्त्य गरी सादा र सरल तरिकाले पार्टी जीवन्त बनाउनुपर्ने युवाहरूको माग छ ।
“पछिल्लो समय पार्टीभित्रका गतिविधिहरूले समाजमा वितृष्णा फैलाएको छ । यो अवस्था तोड्नै पर्छ,” बोगटीले भने, “एमालेमा सुरुवात भएको यो अभियानलाई भविष्यमा सबै पार्टीभित्रै विस्तार गर्न जरुरी छ।”
अभियानका क्रममा युवाहरूले विभिन्न राष्ट्रका आन्दोलन र राजनीतिक पुनर्जागरणका उदाहरण अध्ययन गरेर एमालेलाई फेरि क्रियाशील र गतिशील बनाउन वैचारिक सामग्री तयार गरिरहेका छन् । ती सुझाव र अध्ययनले पार्टीलाई बलियो र लोकप्रिय बनाउन योगदान गर्ने उनीहरूको विश्वास छ ।
सामाजिक सञ्जालमै ‘रिभोल्युसन’
हालका दिनमा सामाजिक सञ्जालमार्फत नै अभियानलाई चर्चित बनाइएको छ । विद्यार्थी नेता, स्थानीय कार्यकर्ता र केही पार्टी नेताहरू समेत सक्रिय रूपमा यसमा जोडिएका छन् । आगामी दिनमा अन्तरक्रिया, छलफल र कार्यशालामार्फत यसलाई औपचारिक रूपमा व्यापक गर्ने तयारी भइरहेको अभियन्ताहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: