काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले लगाएको आगोले क्षति पुगेको सिंहदरबारलाई अहिले कम्पाउन्डिङ जालीले छोप्ने काम भइरहेको छ।
आन्दोलनका क्रममा सिंहदरबार परिसरमा प्रवेश गरेका प्रदर्शनकारीले विभिन्न भवनमा आगजनी गर्दा मुख्य प्रशासनिक केन्द्रका थुप्रै संरचना जलेर नोक्सानी पुगेका थिए। आगलागीका कारण सिंहदरबारको ऐतिहासिक स्वरूप मात्र नभई कार्यालय सञ्चालनमै अवरोध उत्पन्न भएको थियो।
सिंहदरबारको क्षतिग्रस्त भागलाई अहिले धमाधम जालीले छोपिएको छ। तर, कति दिनमा र कसरी मर्मत सुरु गर्ने भन्ने टुंगो भने अझै लागिसकेको छैन। प्राविधिक टोलीले अध्ययन गर्दा केही भवनहरू तत्काल प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको उल्लेख गरेको छ।
यसअघि सिंहदरबार परिसरमा जलेका सवारीसाधन हटाइएको थियो। तर, मुख्य भवनहरूलाई प्रयोगयोग्य बनाउन ठूलो रकम र समय लाग्ने देखिएको छ। सरकारको नीति–निर्देशन र बजेट व्यवस्थापनपछि मात्रै मर्मत प्रक्रिया अघि बढ्ने बताइएको छ।
सिंहदरबार नेपालको कार्यकारी केन्द्रका रूपमा महत्वपूर्ण संरचना भएकाले यसको छिटो पुनर्निर्माण र मर्मतको माग उठिरहेको छ। तर हालसम्म मर्मतको स्पष्ट खाका सार्वजनिक भइसकेको छैन।




यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: