महोत्तरी । दशैँ नजिकिँदै गर्दा महोत्तरीका थारु र अन्य श्रमिक परिवारले चाडपर्व मनाउने खर्च जुटाउन माटो बेच्न थालेका छन्। आर्थिक रूपमा कमजोर परिवारका महिलाले घर लिपपोत गर्न प्रयोग हुने विभिन्न रङका माटो सङ्कलन गरी स्थानीय बजारमा बिक्री गरेर आम्दानी गरिरहेका छन्।
नवरात्र सुरु भएसँगै गाउँगाउँमा कमेरे (सेतो), पहेँलो, चिम्टाइलो र रातो माटोको माग तीव्र हुने गरेको छ। नदी किनार, पोखरीका डिल, पुराना खाल्डा र चुरे क्षेत्रका थुम्काबाट संकलन गरिने यी माटोले ग्रामीण घरका बाँस–चोयाको भित्तालाई चिटिक्क बनाइन्छ।
भङ्गाहा–४ की हेमनी सदा मुसहर भन्छिन्, “हामीसँग चाडपर्वका लागि अलग बचत हुँदैन। अहिले माटो बेचेर दशहरा मेलाको खर्च जुटाइरहेका छौँ।”
भङ्गाहा–६ की पुर्नी महराले नवरात्र सुरु भएदेखि पाँच हजार रुपैयाँ बराबरको माटो बेचिसकेकी छन्। उनले अझै दुई–तीन दिन काम गर्दा पाँच–सात हजार रुपैयाँ थप आम्दानी हुने विश्वास व्यक्त गरिन्।
थारु बस्तीमा यो व्यस्तता झन् बढी देखिन्छ। महिलाहरू समूह बनाएर माटो खन्न, ओसार्न र बजारमा बेच्न जुटिरहेका छन्। स्थानीय आसवती चौधरीका अनुसार दशैँमा संकलन गरिएको माटो दीपावली र छठसम्म पनि बेच्न सकिन्छ, जसले मेलामा रमाउन र बालबालिकाको रहर पुरा गर्न सहज हुन्छ।
महोत्तरीका भङ्गाहा, मेघरोल, मदनपट्टी, पर्सा, धरमपुर, भीमगढ, मझौलिया, बनरा, गोरहन्ना, निगौल, बिसरपुर, गौशाला, रजखोरबिर्ता र धनसपुरसहितका बस्तीमा अहिले माटो सङ्कलन र बिक्रीको चहलपहल बढेको छ।
स्थानीयको भनाइमा, पछिल्ला वर्षमा पक्कीघर बढ्दै गए पनि परम्परागत घर लिपपोत गर्ने संस्कृतिले अझै यो कामलाई जीविकोपार्जनको अतिरिक्त स्रोत बनाइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: