काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारमा परेका दम्पतीको स्वास्थ्यमा सुधार आएपछि उपचारमा संलग्न चिकित्सकहरूले डिस्चार्ज गर्ने निर्णय गरेका हुन्।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार दम्पतीले अस्थायी रूपमा ललितपुरमा बसोबास गर्नेछन्। “सानेपा वा जावलाखेलमध्ये एक ठाउँमा बसाइ हुनेछ,” उनले भने, “जहाँ सुरक्षित र सहज लाग्छ, त्यहीँ बस्ने तयारी छ।”
सानेपास्थित झम्सिखेलमा डा. राणाको माइती घर छ भने जावलाखेलमा उनका भाइ भूषण राणाको निवास छ। तर, पार्टी नेताहरूले सुरक्षाका कारण जावलाखेलको घरभन्दा झम्सिखेलतर्फ झुकाव देखाएका छन्। जावलाखेलको घर भीडभाडको क्षेत्रमा पर्नु र प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज) नजिक हुनु सुरक्षाका हिसाबले चुनौतीपूर्ण मानिएको हो।
देउवाको बूढानीलकण्ठस्थित आवास प्रदर्शनकारी आक्रमणपछि क्षतिग्रस्त भएकाले तत्काल बस्न उपयुक्त छैन। त्यसको पुनर्निर्माण पूरा नहुँदासम्म देउवा दम्पती ललितपुरमै बस्ने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ। आवास व्यवस्थापनका लागि राष्ट्रियसभा सदस्य जितजंग बस्नेत सक्रिय रहेका छन्।
प्रदर्शनका क्रममा धारिलो हतियार प्रहारबाट देउवाको गर्धनमा आठ वटा टाका लगाउनुपरेको थियो। डा. राणाको गर्धनमा समेत चोट लागेको थियो । टाका खोलेर स्वास्थ्य सामान्य बनेकाले अस्पतालले डिस्चार्जको अनुमति दिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: