Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

लोकसेवा तयारीकर्ताको नारा: पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ

खबरडबली संवाददाता

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

सोमबार आयोजित प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले लोकसेवा आयोगको विज्ञापन र परीक्षा कार्यक्रम पूर्वनिर्धारित कार्यतालिकाअनुसार सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

प्रदर्शनकारीहरूले ‘स्वतन्त्र संवैधानिक निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था किन ?’, ‘लोकसेवाको कार्यतालिकाअनुसार विज्ञापन र परीक्षा सञ्चालन गर’, ‘पदपूर्ति रोक्न पाइँदैन, लोकसेवाको अधिकार खोस्न पाइँदैन’ लोकसेवाको कार्यातालिका अनुसार विज्ञापन र परीक्षा कार्यक्रम सञ्चालन गर, ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ’,  लगायत लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् 

उनीहरूले मुख्य सचिवको अध्यक्षतामा गत साउन ४ गते बसेको सचिवस्तरीय बैठकको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने मागसमेत राखेका छन्।

प्रदर्शनकारीको मागमा करार सेवामा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेका अधिकतम १० प्रतिशत कर्मचारीलाई स्पष्ट, वस्तुगत र पारदर्शी मापदण्डका आधारमा व्यवस्थापन गर्नुपर्ने र बाँकी पदमा लोकसेवा आयोगमार्फत खुला, निष्पक्ष तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट स्थायी पदपूर्ति गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, लोकसेवा आयोगको विद्यमान उमेरहद यथावत राख्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

लोकसेवा आयोगमार्फत हुने प्रतिस्पर्धात्मक परीक्षाको निष्पक्षता र संवैधानिक अधिकार सुनिश्चित गर्न दबाबस्वरूप प्रदर्शन गरिएको विद्यार्थीहरूले बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

लोकसेवा तयारीकर्ताको नारा: पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...

कुटपिट भएको भन्दै गायक अशोक दर्जी प्रहरीमा, भिडियो भाइरल भएपछि अनुसन्धान तीव्र

विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...

सहकारीको बचत फिर्ता माग गर्दै माइतीघरमा पीडितहरूको प्रदर्शन

काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...

मेची राजमार्ग अवरुद्ध कायमै, सर्वसाधारण समस्यामा

इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...

सुनसरीमा कर्फ्यु उल्लंघनपछि नेपाली सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...

ग्लोबल आइएमई बैंकमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...

सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending