काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो भएको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।
हिजो अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा थियो। गएको भदौ २७ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेको थियो। त्यसयता घटेको मूल्य आज फेरि बढेको हो।
त्यसैगरि आज युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा छ। हिजो युरो एकको खरिददर १६६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ३२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १३ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३९ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ र बिक्रीदर ४६७ रुपैयाँ ०८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ ३७ र बिक्रीदर ४६४ रुपैयाँ ३४ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५५ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ०९:१२
तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...
चैत्र १५ गते, २०८२ - ०९:०७
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्। पार...
चैत्र १५ गते, २०८२ - ०८:५१
काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...
चैत्र १५ गते, २०८२ - ०८:००
काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी क...
चैत्र १५ गते, २०८२ - ०७:५६
काठमाडौं । एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...
चैत्र १५ गते, २०८२ - ०७:५२
काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...
चैत्र १५ गते, २०८२ - ०७:४२
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...
चैत्र १५ गते, २०८२ - ०७:३७
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...
चैत्र १५ गते, २०८२ - ०७:३१
काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...
चैत्र १५ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...



प्रतिकृया लेख्नुहोस्: