Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

खबरडबली संवाददाता

पर्सा । पर्सामा अवैध चोरी पैठारी र निकासी नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडाइ गरिएको छ । चालु आर्थिक वर्षको दुई महिना बित्दा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेन । 

भन्सार विभागले कार्यालयलाई चालु आवको दुई महिनामा ४३ अर्ब तीन करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, कार्यालयले लक्ष्यको ९० दशमलव ९९ प्रतिशत अर्थात् ३९ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको हो । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले चोरी तस्करी नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताए ।  पर्साको सीमा क्षेत्रमा हुने चोरी तस्करी रोक्न अग्र पङ्क्तिमा सशस्त्र प्रहरी बल नेपाल र दोस्रो तहमा नेपाल प्रहरी खटिएका हुन्छन् ।

वीरगञ्ज भन्सार कार्यालय र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका अनुसार पर्सामा सबैभन्दा धेरै भन्सार छली हुने सामानमा महँगा खालका तयारी कपडा, थान कपडा, झ्यालको पर्दा, जुत्ता–चप्पल र तन्ना छन् ।

त्यसैगरी कुखुराको अण्डा, कुखुराको चल्ला र कुखुरा, माछा, सुक्खा सिध्रा माछा पनि भन्सार छली हुने गरेका छन् । मोबाइल, हार्डवेयर तथा बाथरुम फिटिङ्स, किचनका सामानहरू, रङरोगनका सामान पनि भारतीय सीमावर्ती बजारबाट धेरै भित्रिने गर्छन् । 

साइकल, मोटरसाइकलको टायर ट्युब, मोटरपार्टस, इलेक्ट्रिक उपकरण र तिनका पार्टपुर्जा भन्सार छली गरी नेपाल भित्रिने गर्छन् । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले बिलबीजक बिना मालवस्तु ओसार्ने प्रवृत्ति देखिएको बताए ।  

“भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न फार्महरू दर्ता गरी त्यहीमार्फत तस्करी गर्ने पनि विभिन्न समयमा भेटिएको छ,” उनले भने,“नेपाल/भारतका नागरिक–एउटाले तस्करीका सामान ओसार्ने र त्यसलाई वैधता दिन बिल मात्र किन्ने, बिलको किनबेच खालका पनि गतिविधि बेलाबखतमा देखिएको छ ।” प्रमुख शर्माले भन्सारमा गलत घोषणा, मूल्य/तौल कम गरी आयात–निर्यात हुने गरेको बताए ।  

पर्साको सहरी र ग्रामीण क्षेत्रमा चाडपर्व लक्षित तथा जेनजीको प्रदर्शनका अवधिमा पनि केही स्थानमा चोरी तस्करी भएको गुनासो आएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जेनजी प्रदर्शनका क्रममा बजार केन्द्रित सुरक्षा दिएकामा त्यसपछि ग्रामीण क्षेत्रमा सुरक्षा केन्द्रित गरिएको बताए । उनले भने, “सङ्गठित रूपमा अवैध चोरी पैठारी तथा निकासी गर्नेलाई कडाइ गर्दै आइरहेका छौँ ।” 

यद्यपि पर्साको अलौँ, अमरपट्टि, भिष्वा, सिर्सिया, जानकीटोलालगायत स्थानमा धेरै चोरी तस्करी हुने गरेको छ । जिल्ला प्रहरी मातहत ७१ वटा प्रहरी युनिट छन् । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वार्टर पर्सामा छ । सो मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म पाँच वटा छन् । 

बोर्डर आउट पोष्ट १२ र एफओवी तीन र सुरक्षा बेस भने नौ वटा छन् । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका गणपति पुरनचन्द्र भट्टले ग्रामीण क्षेत्रमा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि रातको समयमा पनि गस्ती बढाउँदै आइरहेको उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर लम्सालले चोरी तस्करी र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको दाबी गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending