Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

खबरडबली संवाददाता

पर्सा । पर्सामा अवैध चोरी पैठारी र निकासी नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडाइ गरिएको छ । चालु आर्थिक वर्षको दुई महिना बित्दा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेन । 

भन्सार विभागले कार्यालयलाई चालु आवको दुई महिनामा ४३ अर्ब तीन करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, कार्यालयले लक्ष्यको ९० दशमलव ९९ प्रतिशत अर्थात् ३९ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको हो । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले चोरी तस्करी नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताए ।  पर्साको सीमा क्षेत्रमा हुने चोरी तस्करी रोक्न अग्र पङ्क्तिमा सशस्त्र प्रहरी बल नेपाल र दोस्रो तहमा नेपाल प्रहरी खटिएका हुन्छन् ।

वीरगञ्ज भन्सार कार्यालय र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका अनुसार पर्सामा सबैभन्दा धेरै भन्सार छली हुने सामानमा महँगा खालका तयारी कपडा, थान कपडा, झ्यालको पर्दा, जुत्ता–चप्पल र तन्ना छन् ।

त्यसैगरी कुखुराको अण्डा, कुखुराको चल्ला र कुखुरा, माछा, सुक्खा सिध्रा माछा पनि भन्सार छली हुने गरेका छन् । मोबाइल, हार्डवेयर तथा बाथरुम फिटिङ्स, किचनका सामानहरू, रङरोगनका सामान पनि भारतीय सीमावर्ती बजारबाट धेरै भित्रिने गर्छन् । 

साइकल, मोटरसाइकलको टायर ट्युब, मोटरपार्टस, इलेक्ट्रिक उपकरण र तिनका पार्टपुर्जा भन्सार छली गरी नेपाल भित्रिने गर्छन् । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले बिलबीजक बिना मालवस्तु ओसार्ने प्रवृत्ति देखिएको बताए ।  

“भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न फार्महरू दर्ता गरी त्यहीमार्फत तस्करी गर्ने पनि विभिन्न समयमा भेटिएको छ,” उनले भने,“नेपाल/भारतका नागरिक–एउटाले तस्करीका सामान ओसार्ने र त्यसलाई वैधता दिन बिल मात्र किन्ने, बिलको किनबेच खालका पनि गतिविधि बेलाबखतमा देखिएको छ ।” प्रमुख शर्माले भन्सारमा गलत घोषणा, मूल्य/तौल कम गरी आयात–निर्यात हुने गरेको बताए ।  

पर्साको सहरी र ग्रामीण क्षेत्रमा चाडपर्व लक्षित तथा जेनजीको प्रदर्शनका अवधिमा पनि केही स्थानमा चोरी तस्करी भएको गुनासो आएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जेनजी प्रदर्शनका क्रममा बजार केन्द्रित सुरक्षा दिएकामा त्यसपछि ग्रामीण क्षेत्रमा सुरक्षा केन्द्रित गरिएको बताए । उनले भने, “सङ्गठित रूपमा अवैध चोरी पैठारी तथा निकासी गर्नेलाई कडाइ गर्दै आइरहेका छौँ ।” 

यद्यपि पर्साको अलौँ, अमरपट्टि, भिष्वा, सिर्सिया, जानकीटोलालगायत स्थानमा धेरै चोरी तस्करी हुने गरेको छ । जिल्ला प्रहरी मातहत ७१ वटा प्रहरी युनिट छन् । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वार्टर पर्सामा छ । सो मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म पाँच वटा छन् । 

बोर्डर आउट पोष्ट १२ र एफओवी तीन र सुरक्षा बेस भने नौ वटा छन् । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका गणपति पुरनचन्द्र भट्टले ग्रामीण क्षेत्रमा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि रातको समयमा पनि गस्ती बढाउँदै आइरहेको उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर लम्सालले चोरी तस्करी र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको दाबी गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending