Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

हजार रुपियाँको विवादमा भाउजूमाथि एसिड प्रहार

खबरडबली संवाददाता

विराटनगर। रकम लेनदेनको विषयमा भएको विवादलाई लिएर विराटनगरका एक युवकले भाउजूलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्। 

विराटनगर महानगरपालिका–९ मधुमारास्थित धोबियारी चोकका २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहलाई एसिड प्रहार गर्दा उहाँ गम्भीर घाइते भएको छन्। 

घटनापछि पीडक साह फरार रहेको प्रहरीले जानकारी दिएको छ। भाउजूलाई एसिड प्रहार गरेका श्रवणले दाजु सन्तोष साहलाई पनि ज्यान मार्ने धम्की दिएको परिवारका सदस्यले बताएका छन्। 

सामान्य घरायसी विवादबाट बढेर तेजाब प्रहारजस्तो गम्भीर अवस्था निम्तिएको देखिएको छ। पीडितका  पति सन्तोष साहका अनुसार, भाइ श्रवणले भाउजू रागिनीसँग तीन हजार रुपियाँ मागेका थिए। रागिनीले आफूसँग भएको दुई हजार दिएको र एक हजार अहिले दिन नसक्ने बताएपछि विवाद भएको थियो।  

रागिनीको न्यूरो अस्पताल उपचार भइराखेको छ। रागिनीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। साह परिवारमा आमा, दुई छोरा, बुहारी र नातिनातीनी गरी ६ जना एकाघरमा बस्दै आएका थिए। 

पीडितका आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेका छन्। जिल्ला प्रहरी कार्यालय, विराटनगरले फरार रहेका पीडक श्रवण साहको खोजी भइरहेको जानकारी दिएको छ। दिउँसोसम्म श्रवण पक्राउ नपरेको मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शसस्त्र प्रहरीद्धारा एकैदिन ३१ लाख रुपियाँको अवैध सामान बरामद

नेपालगन्ज। देशमा नयाँ सरकार गठन भएलगत्तैबाट प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाकामा तस्करी र अवैध आयात निर्यात विरुद्ध कडा अभियान शुरु गरेको छ । ...

इन्धनजन्य सामग्रीको मूल्यवृद्धिले निर्माण उद्योग सङ्कटमा

संखुवासभा। इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरका...

प्रधानमन्त्री बालेनलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर खरेल छुटे

पाँचथर । युट्युबमार्फत बालेन्द्र शाह लगायत नेताहरूमाथि अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल ...

राप्रपामा विवाद: असन्तुष्ट पक्षद्वारा लिङ्देन नेतृत्वको समिति भंग गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भित्र आन्तरिक विवाद चर्किएको छ। असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसम...

गृहमन्त्री गुरुङद्वारा 'पिर्के सलामी' नलिने निर्णय

नवलपुर। गृहमन्त्री सुधन गुरुङले आफूले औपचारिक कार्यक्रममा 'पिर्के सलामी' नलिने निर्णय गरेको छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा प...

कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयन आगामी वैशाख ४ गते गर्ने भएको छ। पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्...

दक्षिणकालीमा भिरबाट कार खस्यो, एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र। ५२८१ नम्बरको का...

जाजरकोटको नलगाडमा ग्यास लिक भएर आगलागी, तीन जना घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर भएको आगलागीमा तीन जना घाइते भएका छन्। स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीब...

क्रोएसियामा ज्यान गुमाएका सल्यानी युवकको शव दुई महिनापछि नेपाल ल्याइयो

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियाप...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

चितवन। गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरात...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending