काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारमा भएको भेटमा राजदूत फेनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
भेटमा नेपाल–बेलायतबीचको पुरानो मित्रता, ऊर्जा क्षेत्रमा सहयोग, पूर्वाधारमा लगानीका सम्भावना, जलवायु परिवर्तनका चुनौती न्यूनीकरणका उपाय लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि बनेको सरकारका प्राथमिकताबारे जानकारी दिँदै आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासनलाई मुख्य एजेन्डाका रूपमा अघि सारिएको बताए। उनले बेलायतले नेपालको आर्थिक विकासमा पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशन स्थापना गर्ने कार्य प्रभावकारी भएको उल्लेख गरे। साथै उनले सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत पूर्वाधार निर्माण, हरित हाइड्रोजन ऊर्जा विकास, जलवायु परिवर्तनका कारण हुने हिमताल विस्फोटको जोखिम अध्ययनमा सहयोग गर्न आग्रह गरे।
राजदूत फेनले नेपाल–बेलायतबीचको सम्बन्ध ऐतिहासिक मात्र नभई दिगो भविष्य निर्माणतर्फ उन्मुख भएको बताए। उनले नेपालको सफलता बेलायतको पनि सफलता हुने उल्लेख गर्दै आर्थिक रुपान्तरण र विकासका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - १६:३६
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...
माघ १ गते, २०८२ - १६:१७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...
माघ १ गते, २०८२ - १६:१३
काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...
माघ १ गते, २०८२ - ११:०३
काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...
माघ १ गते, २०८२ - १०:५७
काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ । ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...
माघ १ गते, २०८२ - १०:५६
नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...
माघ १ गते, २०८२ - १०:५२
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे । पाल्पाको ...
माघ १ गते, २०८२ - १०:४३
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको बैठक निष्कर्षविहीन रूपमा सकिएको छ। सभापति ...




प्रतिकृया लेख्नुहोस्: