Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

“राजनीतिक कार्यकर्ताले पछ्याएको आरोप, सुधन गुरुङको चेतावनी”

फेरि कसले ‘फलो’ गर्यो सुधन गुरुङलाई ?

खबरडबली संवाददाता

काठमाडौं । हामी नेपाल का संस्थापक र जेन–जी आन्दोलनका सक्रिय प्रतिनिधि सुधन गुरुङले फेरि आफूलाई अपरिचित व्यक्तिहरूले पछ्याइरहेको आरोप लगाएका छन् । उनले सोमबार राति इन्स्टाग्राममार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै पछिल्लो घटना बारे व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका हुन् ।

गुरुङले भिडियोमा भनेका छन्, “मेरो फ्यान फलोइङ बढी भयो जस्तो लाग्छ । हुँदा–हुँदा अहिले मेरो घरसम्मै मलाई खोज्दै आएका छन् । तर मलाई यति साह्रो फ्यान फलोइङ चाहिएको छैन ।”

उनको भनाइअनुसार, पछ्याउनेहरू सामान्य नागरिक नभई विभिन्न राजनीतिक दलसँग आबद्ध कार्यकर्ता वा नेताहरू हुनसक्छन् । उनले चेतावनी दिँदै भने, “गुरुङको छोरो सोझो छ भनेर सोच्नु भो होला । म सोझो मात्रै होइन, राम्रोमा राम्रो, नराम्रोमा नराम्रो पनि छु ।”

देश विकासतर्फ ऊर्जा लगाउन सुझाव

सन्देशमा गुरुङले आफूलाई पछ्याउनेहरूप्रति खरो टिप्पणी गर्दै त्यस्तो ‘इफोर्ट’लाई व्यक्तिगत निगरानीमा होइन, देश विकासतर्फ खर्च गर्न सुझाव दिएका छन् ।
“देशलाई आवश्यक परेका ठूला काममा ऊर्जा खर्चिनुहोस् । म जस्तै युवालाई पछ्याउँदैमा देशको भलो हुँदैन,” उनले भने ।

पहिले पनि लगाएका थिए आरोप

यो पहिलो पटक होइन, केही समयअघि पनि सुधन गुरुङले आफूलाई अपरिचित व्यक्तिहरूले पछ्याइरहेको भन्दै सार्वजनिक रूपमा असन्तोष व्यक्त गरेका थिए । उनले त्यतिबेला पनि आफ्नो गतिविधि ‘निगरानीमा राखिएको’ संकेत गरेका थिए ।

जेन–जी आन्दोलनको नेतृत्वसमेत गरेका गुरुङ हालै सेनासँगको वार्तामा पनि सहभागी भएका थिए । आन्दोलनपछि सार्वजनिक रूपमा देखापरेका उनी राजनीतिक वृत्त र आमसञ्चार दुवैमा चर्चाको विषय बनेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

सुनकाे मूल्य २ लाख ८० हजार नजिक, चादीले पनि बनायाे नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...

पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु

 काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ ।  ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...

पाखनबेद: पत्थरी फोर्ने जडिबुटी, पहाडको मौन वैद्य

नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ ।  छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे ।  पाल्पाको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending