काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालैको जेनजी आन्दोलनका कारण लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् । आन्दोलनका क्रममा निजी तथा सार्वजनिक संरचना ध्वस्त भएपछि लगानीकर्ताले आफ्नो पूँजीको सुरक्षा प्रश्न गर्ने अवस्था आएको उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले आन्दोलनले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत नोक्सान गरेको बताए ।
“उद्योग र व्यवसायमा प्रत्यक्ष असर पारेको छ । लगानीकर्ताका लागि लगानीको सुरक्षा नै पहिलो कुरा हो । त्यसलाई सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्छ,” उनले भने ।
अल्पकालीन र दीर्घकालीन रणनीतिको आवश्यकता
पाण्डेका अनुसार अर्थतन्त्रलाई संकटबाट उठाउन तत्कालीन राहत र दीर्घकालीन सुधार दुवै खालका रणनीति आवश्यक छन् । ठूला उद्योगलाई निश्चित अवधिसम्म सहुलियत दिनुपर्ने र वित्त तथा मौद्रिक नीतिमा विशेष सुविधा दिन सकिने उनको सुझाव थियो ।
“अब छिट्टै माथि उठ्नका लागि वित्तीय र मौद्रिक नीतिले स्पष्ट मार्गनिर्देशन गर्नुपर्छ । कानुनी प्रणाली पनि छरितो र लगानीमैत्री बनाउन जरुरी छ,” उनले जोड दिए ।
शिक्षा र श्रम उत्पादनशीलतामा प्रश्न
अध्यक्ष पाण्डेले शिक्षा क्षेत्रमा ठूलो लगानी भएको तर प्रतिफल अपेक्षा अनुसार नआएको उल्लेख गरे । “शिक्षा प्रणालीलाई फेरबदल गरेर उत्पादनशीलतामा जोड दिनुपर्ने देखिएको छ,” उनले भने, “शिक्षामा लगानी धेरै छ, तर प्रतिफल न्यून छ । अब श्रम बजार र उद्योगसँग जोड्ने किसिमको शिक्षा आवश्यक छ ।”
ज्वाइन्ट भेन्चर लगानी प्रभावित
उनले केही समयअघि नेपालमा ज्वाइन्ट भेन्चरमार्फत ठूला लगानी आउन लागेको भए पनि जेनजी आन्दोलनका कारण त्यो प्रक्रिया प्रभावित भएको बताए ।
“विदेशी लगानीकर्ताले राजनीतिक स्थिरता र सुरक्षालाई प्राथमिकता दिन्छन् । आन्दोलनले असुरक्षाको सन्देश दिएकोले लगानी रोकिएको हो,” पाण्डेले स्पष्ट पारे ।
प्राथमिकता दिनुपर्ने क्षेत्रहरू
पाण्डेका अनुसार अब मुलुकको विकास र अर्थतन्त्र पुनरोत्थानका लागि ऊर्जा, पर्यटन, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्न आवश्यक छ । “यी क्षेत्रहरूलाई लक्ष्य गरेर ठोस काम भए मात्र अर्थतन्त्रलाई पुनर्जीवन दिन सकिन्छ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - १६:५७
काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...
माघ १ गते, २०८२ - १६:३६
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...
माघ १ गते, २०८२ - १६:१७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...
माघ १ गते, २०८२ - १६:१३
काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...
माघ १ गते, २०८२ - ११:०३
काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...
माघ १ गते, २०८२ - १०:५७
काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ । ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...
माघ १ गते, २०८२ - १०:५६
नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...
माघ १ गते, २०८२ - १०:५२
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे । पाल्पाको ...




प्रतिकृया लेख्नुहोस्: