Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

दैलेख अस्पतालमा बिरामीको चाप, भुइँमै उपचार

खबरडबली संवाददाता

दैलेख । जिल्ला अस्पताल दैलेखमा बिरामीको चाप दिनानुदिन बढ्दै गएपछि अस्पताल प्रशासन भुइँमै बिरामीलाई राखेर उपचार गर्न बाध्य भएको छ । पुरानो संरचना र सीमित शय्याले चाप सम्हाल्न नसक्दा बिरामीले म्याटमा सुतेर वा कुर्सीमा बसेरै उपचार लिने अवस्था सिर्जना भएको हो ।

अस्पतालले हाल ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकोले बेड अभाव तीव्र बनेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका निमित्त प्रमुख मनोज विश्वकर्माले बताए ।

“संरचना अभावमा थप बेड राख्ने ठाउँ छैन,” उनले भने, “त्यसैले भुइँमै म्याट बिछ्याएर उपचार गर्नुपर्ने बाध्यता छ।”

अधुरो भवन, समस्या झन् चर्को

चार वर्षअघि कर्णाली प्रदेश सरकारले १८ करोड २४ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार भवन तीन वर्षभित्र तयार हुनुपर्ने भए पनि अझै काम सकिएको छैन ।

सघन सहरी तथा भवन निर्माण आयोजना, जुम्लाले प्राविधिक पक्ष हेर्दै आएको र क्याराभान सुपरस्टार जेभी नामक निर्माण कम्पनीले काम गरिरहेको भए पनि भवन समयमै नसकिएकोमा आलोचना बढेको छ ।

निर्माण कम्पनीका सञ्चालक तारा शाहले भने विभिन्न कानुनी अल्झन र रुख कटानको समस्या प्रमुख कारण भएको दाबी गरे । तर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदी भन्छन्, “सम्झौताअनुसार गत वर्ष जेठभित्रै भवन तयार हुनुपर्ने थियो । पटक–पटक म्याद थप्न मिल्दैन, अब जिम्मेवारी लिनैपर्छ।”

बिरामी थप, सुविधा अपर्याप्त

दैलेख अस्पताल कर्णाली प्रदेशकै महत्वपूर्ण स्वास्थ्य संस्थामध्ये एक हो । टाढा–टाढाबाट बिरामी आउने गरे पनि शय्या, जनशक्ति र आवश्यक उपकरणको अभावले उपचारमा समस्या भइरहेको स्थानीयहरूको गुनासो छ ।

स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा भर्ना हुने क्षमताभन्दा दोब्बर बिरामी आउने गरेका छन् । यसले चिकित्सक र नर्सहरूलाई समेत काममा दबाब बढाएको छ ।

स्थानीयको आक्रोश

दैलेखका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले अधुरो भवन छिट्टै सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । “अस्पताल भवन समयमै बनेको भए आज बिरामीलाई भुइँमै राख्नुपर्ने अवस्था आउने थिएन,” उनीहरूको भनाइ छ ।

दैलेख अस्पतालको अधुरो भवन र बढ्दो बिरामी चापले स्वास्थ्य सेवा लिन आएका सर्वसाधारणलाई दैनिक सास्ती बेहोर्नु परेको छ । अब प्रदेश सरकार र निर्माण कम्पनी दुवैले जिम्मेवारी पुरा नगरेसम्म समस्या समाधान हुने देखिँदैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending