काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर आवश्यक नपर्ने बताएका छन्। पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रालयमै बस्ने घोषणा गर्दै खाट र किचनको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले आफूले राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा गरिसकेको जानकारी दिए। “यो पद सम्हालेपछि आविष्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ,” उनले भने।
पत्रकारले “सरकारी क्वाटर नपाए कहाँ बस्नुहुन्छ ?” भन्ने प्रश्न गर्दा पुनले सहज ढंगमा जवाफ दिए– “मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ। मन्त्रालयमै बस्छु। एउटा कोठा बनाउनुस, एउटा खाट र कुर्सी चाहिन्छ, किचन चाहिन्छ। आफैं पकाएर खान्छु।”
सुरक्षा व्यवस्थाबारे पनि उनले स्पष्ट धारणा राखे। मन्त्रालयमा कार्यरत प्रहरी र सेनालाई औपचारिक रिपोर्ट गर्नेबाहेक आफूलाई पछिपछि नआउन आदेश दिइसकेको उनले बताए। “सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिस र एउटा आर्मीको रहेछ। मैले भाइहरुलाई भनेको छु, यहाँ भित्र हुँदा यहीँ बसौं, बाहिर निस्किँदा पछिपछि आउनु पर्दैन,” उनले भने।
मन्त्री पुनले मन्त्रालयको गाडी भने आवश्यक औपचारिक कामका लागि मात्र प्रयोग गर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: