काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेपछि सिंहदरबार पुगेर उनले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।
पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिंदै मन्त्री पुनले शिक्षा क्षेत्र संवेदनशील भएको उल्लेख गर्दै आफूले विज्ञहरूसँग सल्लाह गरेर मात्र अघि बढ्ने बताए। उनले भने, “म कुनै पनि कुरा एक्लै निर्णय गर्ने दाबी गर्दिनँ। विज्ञहरूको टोली बनाउँछु र उनीहरूले दिने सल्लाहअनुसार काम गर्छु।”
सञ्चारकर्मीहरूले सोधेको “मन्त्रीज्यू, शिक्षा ऐनचाँही के हुन्छ अब ?” भन्ने प्रश्नमा उनले हल्का मुस्कानसहित उत्तर दिए, “त्यो थाहा छैन, विज्ञहरूको टोलीले सुझाव दिन्छ, म त्यसैअनुसार अघि बढ्छु।”
पुनले शिक्षा क्षेत्रमा निशुल्कताको बहसबारे समेत प्रष्ट पारे। उनले भने, “मले भन्दैमा शिक्षा निशुल्क हुँदैन। जब देश समृद्ध हुन्छ, तब नेपालीले आफैं निशुल्क शिक्षा पाउँछन्।”
राष्ट्रिय आविष्कार केन्द्रमार्फत लामो समयदेखि नवप्रवर्तन र प्रविधिको क्षेत्रमा सक्रिय पुनलाई यसपटक सोही प्रकृतिको मन्त्रालयको जिम्मेवारी दिइएको हो। उनले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई शिक्षा क्षेत्रमा जोड्दै देशलाई अघि बढाउन चाहेको उल्लेख गरे।
मन्त्री पुनले पदभार ग्रहण गर्ने क्रममा आफूले “व्यावहारिक र दीर्घकालीन सुधारलाई प्राथमिकतामा राख्ने” पनि बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: