काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला मनाङका अत्यन्तै दुर्गम र विकट क्षेत्रहरूमा नयाँ बीटीएस स्थापना गरी 4G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
मनाङ जिल्लाको वडा नं.-१ पिसाङ, वडा नं.-३ फवल, वडा नं.-८ टंकी र वडा नं.-९ खाङसार क्षेत्रमा विगत लामो समयदेखि V-SAT प्रविधिबाट 2G सेवा सञ्चालन हुँदै आएको थियो। तर पर्यटन, स्थानीय आवागमन र व्यवसायीहरूको माग बढेसँगै गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भएकोले नेपाल टेलिकमले आश्विन ४ गतेदेखि यी क्षेत्रहरूमा 4G सेवा सुरु गरेको हो।
भौगोलिक विकटताका कारण रेडियो लिंकबाट सेवा सञ्चाल्न नसकिने अवस्थामा बेँसीसहर–खाङसार ADSS लिंक सञ्चालन भएपछि उक्त क्षेत्रमा 4G सेवा सम्भव भएको कम्पनीले जनाएको छ।
त्यस्तै, तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा 4G सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ।
चामे गाउँपालिका-३ स्थित कोटोगाउँमा नेटवर्कको कभरेज कमजोर भएको गुनासोका कारण तथा स्थानीय वासिन्दा र हाइड्रोपावर क्षेत्रमा काम गर्ने ग्राहकको मागअनुसार नेपाल टेलिकमले नयाँ बीटीएस स्थापना गरी आश्विन १ गतेदेखि 2G र 4G सेवा सञ्चालनमा ल्याएको छ।
नासोङ गाउँपालिका वडा नं.-१ तालगाउँमा पहिले 2G र 3G सेवा उपलब्ध थियो। तर आश्विन ५ गतेदेखि 4G सेवा थप गरी सञ्चालनमा ल्याइएको छ। यस सेवाले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज प्रदान गर्नेछ।
मनाङ जिल्लाका धेरै स्थानमा सेवा स्तरोन्नती र नयाँ सेवा सञ्चालन भएपछि नार्पाभूमी गाउँपालिका बाहेक अन्य सम्पूर्ण पालिकामा 4G सेवा पुगेको छ। नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने V-SAT प्रणालीबाट सेवा सञ्चालन भैरहेको छ।
नेपाल टेलिकमले दूरदराजका क्षेत्रमा पनि गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन सधैं उच्च प्राथमिकता दिने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - १९:५६
काठमाडौं । “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...
माघ १ गते, २०८२ - १९:५२
निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा
माघ १ गते, २०८२ - १९:४२
कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...
माघ १ गते, २०८२ - १९:२६
काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...
माघ १ गते, २०८२ - १६:५७
काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...
माघ १ गते, २०८२ - १६:३६
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...
माघ १ गते, २०८२ - १६:१७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...
माघ १ गते, २०८२ - १६:१३
काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...




प्रतिकृया लेख्नुहोस्: