Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

दसैं–तिहार–छठ अफर सार्वजनिक गर्दै नेपाल टेलिकम

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार र छठ लगायतका पर्वहरूको अवसरमा ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले “दसैं–तिहार–छठ अफर २०८२” अन्तर्गत एफटीटीएच जडानदेखि मोबाइल सेवासम्ममा छुट तथा सहुलियत प्याकेज उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकलाई रु. ५०० बराबरको जडान शुल्क मिनाहा गरिनेछ। 

त्यसैगरी, जीएसएम मोबाइल सेवाका प्रयोगकर्ताका लागि विशेष डाटा प्याकेज उपलब्ध हुनेछ।  रु. ४९९ मा “फेस्टिभल अनलिमिटेड” प्याकेजमार्फत दैनिक ५ जीबी डाटा, त्यसपछि २ एमबीपीएस गतिमा अनलिमिटेड प्रयोग गर्न सकिने बताइएकाे छ ।

यसैगरी रु. ६९९ मा “फेस्टिभल अनलिमिटेड प्रिमियम” प्याकेजमार्फत दैनिक १० जीबी डाटा, त्यसपछि ३ एमबीपीएस गतिमा अनलिमिटेड प्रयोग गर्न सकिने टेलिकमले जनाएकाे छ।

याे अबसरमा टेलिकमले भ्वाइस र एसएमएस सेवामा पनि छुटका अफर घोषणा गरेको छ। यसमा रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहित “जॉयफुल मिनेट्स” प्रदान गरेकाे छ ।

यसैगरी रु. ९९ मा १००० अन–नेट एसएमएस सुविधा सहित “फेस्टिभ म्यासेज प्याकेज” समेत उपलव्ध गराएकाे छ ।

यी प्याकेज प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको अवधिका लागि लागू हुनेछन्। जीएसएम प्याकेज असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले 141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेज लिन सक्नेछन्।

नेपाल टेलिकमले यस अफरमार्फत पर्वको समयमा आफन्तसँग सम्पर्कमा रहन, खुशी बाँड्न र डिजिटल सेवाको प्रयोग बढाउन मद्दत गर्ने विश्वास लिएको  नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

नेतृत्वदेखि निष्कासनसम्मको यात्रा : रञ्जिताले किन रोजिन् पार्टी समायोजन ?

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

 काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending