काठमाडौं । स्वास्थ्य मन्त्रीका रूपमा डा. सङ्गीता कौशल मिश्राको नाम चर्चामा आएको बेला उनको विगतको विवादित प्रसंग फेरि सतहमा आएको छ।
डा. मिश्रालाई यसअघि स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिमा पन्छाइएको थियो। सार्वजनिक सेवा आयोगको सिफारिसमा वरिष्ठतामा पहिलो रहे पनि सरकारले डा. विकास देवकोटालाई सचिव नियुक्त गरेपछि उनले न्यायालयमा रिट दर्ता गर्दै विभेद भएको दाबी गरेकी थिइन् । उनले महिला र मधेसी भएकै कारण पदबाट वञ्चित गरिएको आरोप लगाएकी थिइन्।
सर्वोच्च अदालतले यस प्रकरणमा सरकारलाई ‘कारण देखाउ आदेश’ समेत जारी गरेको छ।
यता, उनको नाम मन्त्रीको रूपमा अगाडि बढ्दा केही वृतबाट भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा समेत परेको चर्चा गरिँदैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा उनीसँग सम्बन्धित उजुरी दर्ता भएको र प्रारम्भिक छानबिन भइरहेकाले नियुक्ति प्रक्रियामा प्रश्न उठाइएको हो।
यसरी, डा. मिश्राको सम्भावित मन्त्री नियुक्ति सन्दर्भमा वरिष्ठता विवाददेखि नैतिकताको प्रश्नसम्म उठेर बहस चुलिएको हाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: