Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

स्वास्थ्य मन्त्री बन्न लागेकी डा. सङ्गीता मिश्रासम्बन्धी विवाद चुलियो

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य मन्त्रीका रूपमा डा. सङ्गीता कौशल मिश्राको नाम चर्चामा आएको बेला उनको विगतको विवादित प्रसंग फेरि सतहमा आएको छ।

डा. मिश्रालाई यसअघि स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिमा पन्छाइएको थियो। सार्वजनिक सेवा आयोगको सिफारिसमा वरिष्ठतामा पहिलो रहे पनि सरकारले डा. विकास देवकोटालाई सचिव नियुक्त गरेपछि उनले न्यायालयमा रिट दर्ता गर्दै विभेद भएको दाबी गरेकी थिइन् । उनले महिला र मधेसी भएकै कारण पदबाट वञ्चित गरिएको आरोप लगाएकी थिइन्।

सर्वोच्च अदालतले यस प्रकरणमा सरकारलाई ‘कारण देखाउ आदेश’ समेत जारी गरेको छ।

यता, उनको नाम मन्त्रीको रूपमा अगाडि बढ्दा केही वृतबाट भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा समेत परेको चर्चा गरिँदैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा उनीसँग सम्बन्धित उजुरी दर्ता भएको र प्रारम्भिक छानबिन भइरहेकाले नियुक्ति प्रक्रियामा प्रश्न उठाइएको हो।

यसरी, डा. मिश्राको सम्भावित मन्त्री नियुक्ति सन्दर्भमा वरिष्ठता विवाददेखि नैतिकताको प्रश्नसम्म उठेर बहस चुलिएको हाे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

नेतृत्वदेखि निष्कासनसम्मको यात्रा : रञ्जिताले किन रोजिन् पार्टी समायोजन ?

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

 काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending