काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्री पदमा नियुक्त गर्न लागेकी डा। संगीता मिश्रको विषयमा विवाद भएपछि पाँचैजना नयाँ सिफारिस भएका मन्त्रीको नियुक्ति तत्कालका लागि ‘होल्ड’ गरिएको छ । यद्यपि राष्ट्रपति कार्यालय शितलनिवासमा नयाँ मन्त्रीहरुको शपथ ग्रहणको तयारी भने भइरहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस सूची पठाएकी थिइन् । सूचीमा मिश्र (स्वास्थ्यमन्त्री) सहित अनिलकुमार सिन्हा (उद्योगमन्त्री), महावीर पुन (शिक्षामन्त्री), मदन परियार (कृषिमन्त्री) र जगदीश खरेल (सञ्चारमन्त्री) को नाम सिफारिस गरिएको थियो ।
मिश्रविरुद्ध नागरिकता विवाद र अनियमितताको विषय गम्भीरतापूर्वक उठेपछि आज बिहान प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफरिस गरिएका मन्त्रीहरुको नियुक्ति तत्कालका लागि रोक्न आग्रह गरेकी थिइन् ।
मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन् ।
उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्षको फागुनमा डा। विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् । मन्त्री बन्ने निश्चित भएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - १९:५६
काठमाडौं । “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...
माघ १ गते, २०८२ - १९:५२
निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा
माघ १ गते, २०८२ - १९:४२
कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...
माघ १ गते, २०८२ - १९:२६
काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...
माघ १ गते, २०८२ - १६:५७
काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...
माघ १ गते, २०८२ - १६:३६
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...
माघ १ गते, २०८२ - १६:१७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...
माघ १ गते, २०८२ - १६:१३
काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...




प्रतिकृया लेख्नुहोस्: