Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

अख्तियारमा नापी र मालपोतका उजुरी सबैभन्दा धेरै

खबरडबली संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै उजुरी बागमती प्रदेशबाट परेको छ। यस वर्ष कुल ३७,०२६ उजुरी परेका थिए।

प्रतिवेदनअनुसार बागमती प्रदेशमा ११,२७७ वटा उजुरी परेका छन्, जुन सबै प्रदेशभन्दा बढी हो। समग्रमा कुल उजुरीको ५३.८४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्। स्थानीय तहका उजुरीमा सबैभन्दा धेरै मधेश प्रदेशका छन्, जहाँ ७,०७२ उजुरी दर्ता भएका छन्।

अन्य प्रदेशमा परेका उजुरीको संख्या यस प्रकार छ:

कोशी प्रदेश: ३,२९४
मधेश प्रदेश: ९,६६८
गण्डकी प्रदेश: २,४१३
लुम्बिनी प्रदेश: ४,४२८
कर्णाली प्रदेश: ३,३३०
सुदूरपश्चिम प्रदेश: २,६१६

मन्त्रालयगत उजुरीको अवस्था

सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित छन्। यो मन्त्रालयसँग सम्बन्धित उजुरीको संख्या २,१३६ रहेको छ, जुन १७.१२ प्रतिशत हो। यसले नापी र मालपोत कार्यालयहरूमा भ्रष्टाचारजन्य गतिविधि बढी रहेको संकेत गर्छ।

त्यसैगरी, अन्य मन्त्रालयहरूमा परेका उजुरीको विवरण:

गृह मन्त्रालय: १,२९९ उजुरी (१०.४१%)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय: १,२८७ उजुरी (१०.३२%)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय: ७४७ उजुरी (५.९९%)
अर्थ मन्त्रालय: ६७९ उजुरी (५.४४%)
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय: ६१० उजुरी (४.८९%)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय: ४४६ उजुरी (३.५८%)
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय: ४२८ उजुरी (३.४३%)
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय: ३८७ उजुरी (३.१०%)
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय: ३२१ उजुरी (२.५७%)
स्थानीय तह र बिगो दाबी

स्थानीय तहमध्ये सबैभन्दा धेरै उजुरी पोखरा महानगरपालिका (४१३) मा परेको छ, त्यसपछि काठमाडौँ महानगरपालिका (३८१) मा।

यस आर्थिक वर्षमा अख्तियारले भ्रष्टाचारजन्य कसुरमा १३५ र सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई गरी कुल १३७ मुद्दा विशेष अदालतमा दायर गरेको छ। यी मुद्दामा ७५३ प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त रु. ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६९२ बराबरको बिगो माग दाबी गरिएको छ। यसमध्ये सार्वजनिक सम्पत्ति हानी नोक्सानीको बिगो मात्र रु. ४ अर्ब ६४ करोड ४१ लाख ७३ हजार ९४६ रहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending